back
CTIZAN AD

संस्कृत भाषाको अनिवार्य पठनपाठनको व्यवस्था गर्न माग

वि.सं.२०७७ भदौ १३ शनिवार

873 

shares

१३ भदौँ, काठमाडौँ । प्रदेश नं २ मा बढी बोलिने मैथिली र भोजपुरी भाषाको समेत जननी संस्कृत भाषाको अनिवार्य पठनपाठनको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ ।

जयतु संस्कृतम्ले आज जुम प्रविधिबाट आयोजना गरेको प्रदेश नं २ स्तरीय संस्कृत लोकभाषा अभियान एवं साधारण विद्यालयमा संस्कृतको प्रयोग सान्दर्भिकता विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले जर्मनीले लुप्त थान्सा दुईवटा संस्कृत भाषाका शब्द प्रयोग गरेर लुफ्थान्सा, रेललाई वाहन भनी संस्कृत शब्दको प्रयोग गर्ने गरेको बताए ।

नेपालमा पठनपाठन नै बन्द हुन थालेकाले यसप्रतिको चासो घटेको पूर्वमन्त्री चौधरीको भनाइ थियो । नेपालमा भने संस्कृत भाषालाई हलुङ्गोरूपमा लिइएको उल्लेख गर्दैउनले यसलाई ब्राह्मण समाजको भाषाका रुपमामात्र लिइनु नहुने बताए । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले बहुभाषिकताको जग प्रदेश नं २ मा भएकाले त्यसको सम्बन्ध संस्कृत भाषासँग जोडिने बताए । संस्कृत भाषालाई सर्वग्राह्य भाषाका रूपमा स्थापित गरी यसको ज्ञानको अधिकारबाट कसैलाई पनि बञ्चित गरिनु नहुने उनको भनाइ थियो ।

“संस्कृत ज्ञान हो, यसप्रति सबैलाई सर्वस्वीकार्य गर्न अन्तरभाषा संवादका रुपमा अघि बढाइनुपर्छ, संस्कृति, संस्कारको पुनःजागरणका लागि पनि संस्कृतलाई सर्वस्वीकार्य बनाइनुपर्छ, नेपालमा बहुभाषिकताको जगका आधारमा संस्कृतलाई अघि बढाउनुपर्छ”, अध्यक्ष अवस्थीले भने ।

विगतमा संस्कृत लौकिक भाषाका रूपमा रहे पनि महत्वका आधारमा अझै जीवन्तरूपमा अघि बढाइनुपर्ने उनको भनाइ थियो । संस्कृत, पाली र भोट भाषालाई आयोगले विशेषरूपमा अघि बढाउन लागेको जानकारी पनि अध्यक्ष अवस्थीले दिए ।

पूर्वसचिव जनार्दन नेपालले साधारण माध्यमिक विद्यालयमा संस्कृत भाषा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै बाल्यावस्थादेखि नै संस्कारयुक्त नागरिक निर्माण एवं चरित्र बनाउन पनि यसको अनिवार्य गर्नुपर्ने उनको भनाइ थियो । प्राचीनकालदेखि संस्कृत लोकभाषाका रुपमा प्रयोग भएको विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा डा माधवप्रसाद पोखरेलले प्रदेश नं २ को नामाकरण वैदेह भनी गर्न सकिने बताए । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले पाँच हजार वर्षअघि ५४ पुराण संस्कृत भाषामा लेखिनुले नै यो लोकभाषा रहेको तथ्य पुष्टि गर्ने बताए ।

जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृत भाषामात्र नभई वाङ्मयसमेत भएकाले त्यसैअनुसार यसप्रति व्यवहार गरिनुपर्ने बताए । संस्थाले देशभर बोलिने १२३ भाषासँग समन्वय गरेर अघि बढ्ने नीति लिएको छ । जर्मनमा एक हजार ३०० विद्यालयमा संस्कृत भाषाको पढाइ हुने गरेको तथ्य अघि सार्दै अध्यक्ष पोखरेलले अक्सफोर्ड, क्याम्ब्रिज र हार्वर्ड विश्वविद्यालयले संस्कृत विभागको स्थापना गरी पठनपाठन शुरु गरेको बताए ।

जयतु संस्कृतम् प्रदेश नं २ का संयोजक डा गोविन्द चौधरीले संस्कृत भाषाको संरक्षण नभए विश्वका अन्य भाषा पनि नबच्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए । संस्कृत विश्वभाषा भएकाले यसप्रति पछिल्लो समय आकर्षण बढेको उनले बताए ।

वि.सं.२०७७ भदौ १३ शनिवार १९:५३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...