back
CTIZAN AD

दुई सय ६० नेपाली स्वदेश फर्किए

वि.सं.२०७७ भदौ १३ शनिवार

798 

shares

१३ भद्रौ, काठमाडौँ । विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ ।

त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । थप नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ ।

आइतबारका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ । भुटानको ड्रक एयरले बिहान पारोबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ । नेपाल एयरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एयरलाइन्सले अबुधाबी र श्रीएयरलाइन्सले म्यानमारको यङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ ।

वि.सं.२०७७ भदौ १३ शनिवार १९:५५ मा प्रकाशित

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...