back
CTIZAN AD

गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीसहित थप पाँचमा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो

वि.सं.२०७७ भदौ १४ आइतवार

771 

shares

१४ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा एक स्वास्थ्यकर्मीसहित थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका वडा नं ४ की २० वर्षीया महिला स्वास्थ्यकर्मी सहित पाँच संक्रमित थपिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं ७ की ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष, ८ का ३८ वर्षीय पुरुष र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा कावासोती २ की २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ५ सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ ।

मृतकको संख्या १३ पुग्यो
त्यसैगरी शनिबार बिनय त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएसँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको पनि निर्देशनालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार ०९:३१ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...