back
CTIZAN AD

ताक परे तिवारी नत्र गोतामे, वास्तवमा के हो ?

वि.सं.२०७७ भदौ १४ आइतवार

14K 

shares

बेलाबखत कुराकानी गर्दा वैकल्पिक भावसहितको यौटा वाक्यांश बोलिन्छ । पहाडी मूलका प्रायः सबै जसोबाट बोलिने यो वाक्यांश तपाईंले पनि बोल्नु भएको हुनसक्छ । यो उखान बुझेर बोल्नु भएको छ कि लहैलहैमा बोल्नु भएको होस् तपाईं आफू स्वयम् नै आफूलाई कसी लगाउनुस् ।

वैदिक परम्परामा धेरै ऋषिगणको अस्तित्व रहेका छन । सनातन ग्रन्थमा हामी ८८ हजार ऋषिहरुको पटकपटक चर्चा पाउँदछौं । ८८ हजार ऋषिगण भए पनि शाश्त्रहरुमा मूलरूपमा सप्तऋषिको चर्चा पटकपटक आइ रहन्छ । सप्तऋषि गण बिशेष पूज्य र स्तुत्य रहनुभएको छ । ऋषि पन्चमीमा अरुन्धतीसहित ऋषिहरुको बिशेष अर्चना गर्ने गरिन्छ भने ऋषि तर्पणीमा ऋषिहरुलाई तर्पण दिने सनातन परम्परा रहेको छ । सप्तऋषि समुहमा अत्रि,बशिष्ठ,गौतम,काश्यप,जमदग्नी, विश्वामित्र र भारद्वाजलाई मानिएको छ ।

तर यहाँ न त खिसिट्यूरी छ न त प्रमोद नै । यहाँ तिवारी थरको पनि गोत्र गौतम नै भए पछि उनीहरूलाई थरका हिसाबले तिवारी भनेपनि भयो या गौतम ऋषिका सन्तति भएकोले गौतम भनेपनि भयो भन्ने अर्थमा यसो भनिएको हुनसक्छ । यहाँ अवसरवादीको अर्थमा त भनिएको हैन ? एउटा सन्देह चै उठ्छ नै, या विकल्पको रुपमा पनि भनेको हुन सक्छ । मन्थन गरेर नौनी निकाल्न रहल नै छ ।

गौतमहरुका कुरा गर्दा हामी अत्रि गोत्रीय गौतम हौं । मतलव हामी नेपाली भाषी गौतमहरुको गोत्र अत्रि हो । र हामी अग्निहोत्र ब्राह्मण काशीदाशका वंशजहरु हौं ।

नेपाल, भुटान, बर्मा तथा भारतीय भूखण्डहरुमा स्थान अनुसार थर लेख्दा गौतम, गोतामे, क्षत्री ,केसी, पाध्या, उपाध्याय, शर्मा, छेत्री, खत्री, गिरी, पुरी आदि थर लेख्ने चलन छ । पहिले गोतामे लेखि पछि माथि उल्लेखित थरहरु लेख्ने नेपाली मूल भाषीहरु चाहिँ महर्षि अत्रिका वंशजहरु नै हुन् । मतलब हामीले जेजे लेखेर आफ्नो परिचय दिए पनि हामी बिच वंश निकटता छ ।

उता भारतको कुरा निकालौं त्यहाँ गौतम थर (Title) लेख्ने अनेपाली भाषी सज्जनहरु पनि धेरै पाइन्छन् । भारतमा रहने उनीहरु महर्षि गौतमका सन्तानहरु हुन् । उनीहरु प्रायले पनि गौतम थर (Title) लेख्ने गरेको पाइएको छ । उनीहरूको गोत्र गौतम हो ।

अत्रि गोत्रका सगोत्रहरु : गौतम, कडरिया, खतिवडा, वस्ती, चापागाईं, मिश्र, ठाडाराई अधिकारी, हमाल, समाल, शाही ठकुरी, डोटेल, श्रीमल्ल, पहाडी, जोशी, ओझा, साखी आदि रहेका छन् । हामीले सगोत्रलाई बन्धु बान्धवको रुपमा व्यवहार गर्ने गरेका छौं । र सनातन परम्पराअनुसार सगोत्रका विचमा वैवाहिक नाता जोड्न बर्जित छ भनिएको छ ।

अब यहाँ उठान गरेको बिषय ‘ताक परे तिवारी नत्र गोतामे’ किन भनियो यसमा केन्द्रित रहौं । हामी गौतमहरुलाई गोतामे भन्दा कुनै तात्विक फरक पर्दैन नै । यहाँ उल्लेख गरिएका तिवारीहरु सप्तऋषि मध्ये महर्षि गौतमका सन्ततिहरु हुन । अर्थात् तिवारीहरुको गोत्र ‘गौतम’ हो ।
वास्तवमा गोत्रबाट हाम्रो पहिचान स्थापना गरिएको भए पनि हुने थियो । सुरुमा त गोत्रबाट मात्रै पहिचान हुने गर्दथ्यो । तर पछि समयान्तरमा बसोबास, अध्ययन, पदवी, जागिर, पेशा, विर्ता तथा विभिन्न घटनाक्रम आदिका कारणले विभिन्न थरहरु कायम हुदै गए । गौतम गोत्रका सगोत्रहरु तिवारी, सन्ज्याल, त्रिपाठी आदि रहेको पाइयो ।

नेपाली जनजिब्रोले व्यवहारिक शब्द र थरहरु उनेर धेरै टुक्काहरु बनाएका छन् । उखान टुक्का यात श्रृङ्गार अथवा हाँस्य रसमा आमोदका लागि बनाइएका छन् यात कसैको खिसिट्यूरी गर्नका लागि बनाइएको पाइन्छ ।

तर यहाँ न त खिसिट्यूरी छ न त प्रमोद नै । यहाँ तिवारी थरको पनि गोत्र गौतम नै भए पछि उनीहरूलाई थरका हिसाबले तिवारी भनेपनि भयो या गौतम ऋषिका सन्तति भएकोले गौतम भनेपनि भयो भन्ने अर्थमा यसो भनिएको हुनसक्छ । यहाँ अवसरवादीको अर्थमा त भनिएको हैन ? एउटा सन्देह चै उठ्छ नै, या विकल्पको रुपमा पनि भनेको हुन सक्छ । मन्थन गरेर नौनी निकाल्न रहल नै छ ।

गोतामकोटबाट पल्लवित भएका हामी अत्रि गोत्रीय गौतमहरुलाई पहिले गोतामे नै भनिन्थ्यो । अझै पनि गोतामे लेख्नेको संख्या निकै पाइन्छ । तिवारीको गोत्र गौतम हो । धेरै जसो गाउँमा गौतमहरु अधिक नै थिए, प्रायः जसो सबै गौतमलाई त्यसताका जनबोलीमा गोतामे नै भन्ने चलन थियो । गाँठी कुरा नबुझी गौतम गोत्रलाई पनि गोतामे भनिएको हुनसक्छ । या भनाइमा सरलताका लागि गोतामे भनिएको पनि हुनसक्छ । कतै कतै एकलखे लगाएर बोलाउँदा होच्याइएको अर्थमा पनि लिइन्छ । हाम्रो थर गोतामेबाट गौतम हुनुमा धेरै लामो र रोचक इतिहास कथा छ । तेस प्रसङ्गलाई अलग्गै धेरै ठाउँमा चर्चा गरिएको छ ।

सारमा ‘तिवारी’ भन्नू र ‘गौतम’ भन्नू एकै भएको बुझियो । कुनैबेला तिवारी भनिने र कुनैबेला गौतम भनिने भएकोले पारखी पुर्खाहरुले यो टुक्का बनाएको हो कि भन्ने मेरो बुझाइ रहेको छ । तपाईं पाठक सज्जनहरुलाई मनमा लागेको कुरा छताछुल्ल पारीदिनु भए म ङिच्च हाँस्न र यश लेखलाई पूर्ण बनाउन पाउने थिएँ ।

वि.सं.२०७७ भदौ १४ आइतवार ०९:२३ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...