back
CTIZAN AD

मन्त्री ज्ञवालीले हस्तान्तरण गरेको पीसीआर मेसिन नक्कली परेपछि…

वि.सं.२०७७ भदौ १४ आइतवार

873 

shares

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेको पीसीआर मेसिन नक्कली परेपछि फिर्ता भएको छ । हेलिकोप्टरको प्रयोग गरि तामझामसहित गुल्मी पुर्याइएको मेसिन प्रयोग नै गर्न नमिल्ने प्रमाणीत भएपछि फिर्ता भएको हो ।

गत साउन ३ मा भव्य कार्यक्रम गरेर मन्त्री ज्ञवालीले रेसुङ्गा नगरपालिकालाई मेसिन हस्तान्तरण गरेका थिए । तर हस्तान्तरण गरिएको मेसिन कामै नलाग्ने प्रमाणीत भएपछि नगरपालिकाले फिर्ता गरेर पठाएको जनाएको छ । नगरपालिकाका मेयर डिल्लीराज भुसालका अनुसार विज्ञ प्राविधिकलाई मेसिन देखाउँदा प्रयोग गर्न नमिल्ने जानकारी भएपछि फिर्ता गरिएको हो ।

मन्त्री ज्ञवालीले हस्तान्तरण गरेको मेसिन सञ्चालनमा ल्याउन नसकेपछि नगरपालिकाले जनस्वास्थ्य प्रयोगशाला भैरहवा र पछि मन्त्री ज्ञवालीकै सहयोगमा काठमाडौंबाट समेत स्वास्थ्य प्राविधिक झिकाएको थियो । तर मेसिनमा आवश्यक पाटपुर्जा नै नभएको र मर्मतसमेत गर्न नमिल्ने प्रमाणीत भएपछि फिर्ता भएको हो ।

मेसिन गुल्मीका दुई नगरपालिका र दश गाउँपालिकाको पीसीआर परीक्षणको लागि मगाइएको थियो । मेसिन सञ्चालनको जिम्मा रेसुङ्गा नगरपालिकाले लिएको थियो ।

जिल्ला विपद व्यवस्थापनलाई मेसिन हस्तान्तरण गर्दै मन्त्री प्रदिप ज्ञवाली ।
जिल्ला विपद व्यवस्थापनलाई मेसिन हस्तान्तरण गर्दै मन्त्री प्रदिप ज्ञवाली ।

मेसिन यति समुहले व्यापारको लागि नियोजित दिएकाे

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले जनाएअनुसार मेसिन यसअघि चर्चा भए बमोजिम पैसा भुक्तान गरेर ल्याइएको होइन । मेसिन यति समुहले मन्त्री ज्ञवालीमार्फत सौजन्य दिएको हो ।

जानकारीअनुसार मेसिन यति समुहभित्रका हिमालय एयरलाईन्स सञ्चालन समुहका उपाध्यक्ष विजय श्रेष्ठले उपलब्ध गराएका थिए । श्रेष्ठले मन्त्री ज्ञवालीमार्फत दिएको मेसिन चीनबाट ल्याइएको थियो ।

रेसुङ्गाका मेयर भुसालका दिइएको मेसिनमा आवश्यक कुनै पनि पार्टपुर्जा नै थिएन । मेसिन हेर्न आएका प्राविधिकले पनि मेसिन ‘नमुना’ मात्रै भएको जानकारी दिएका थिए ।

प्राविधिकले मेसिनलाई प्रयोगमा ल्याउन भएका पार्टपुर्जाको मर्मत गर्नुपर्ने र अन्य दर्जनौं पार्टपुर्जा किन्नुपर्ने सुझाव दिएका थिए । सौजन्य प्राप्त मेसिनलाई पुनः लाखौं तिरेर मर्मत गर्नुपर्ने र थप महंगो सामान किन्नुपर्ने भए पछि नगरपालिकाले फिर्ता गरेको हो ।

मेयर भुसालले जनाएअनुसार प्राविधिकले विभिन्न २२ वटा पार्टपुर्जा किन्न सुझाव दिएका थिए । उनका अनुसार सोही कम्पनी बाहेक अन्य कम्पनीको पार्टपुर्जा काम नलाग्ने मेसिनमा प्रत्येक पार्टपुर्जाको मुल्य १ लाखभन्दा माथि छ । कतिपय पार्टपुर्जाको मुल्य १० लाखसम्म पर्ने छन् ।

अर्को मेसिन दिने आश्वासन

‘नमुना मेसिन’ दिएर आलोचित भएका मन्त्री ज्ञवालीले अर्को पीसीआर मेसिन दिलाईदिने आश्वासन दिएका छन् । मेसिन फिर्ता भएसँगै चर्को आलोचना खेपिरहेका उनले एक/दुई साताभित्र अर्को मेसिन दिलाईदिने आश्वासन दिएको मेयर भुसालले जानकारी दिए ।

नमुना पीसीआर मेसिन हस्तान्तरण गर्न निकै ठुलो खर्च र तामझामसहित मन्त्री ज्ञवाली हेलिकप्टर नै लिएर गुल्मी गएका थिए । तर, मेसिन ‘नमुना’खालको परेसँगै निकै आलोचना भएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार १३:१८ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...