१४ भदौ, काठमाडौं । पोर्चुगलको लिस्बनमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
स्याङजा घर भई १ वर्षदेखि पोर्चुगलको लिस्बनमा बस्दै आएकी रेनुका पौड्याल खनालको अगस्त २७ मा उपचारका क्रममा मृत्यु भएको हो ।
स्तन क्यान्सरको समस्या भएर उपचार गराईरहेका खनालको साउ जोसे अस्पताल लिस्बनमा उपचारका क्रममै मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरले जनाएका छन् ।
‘असिम वेदना र दुःखको यो घडीमा स्व. रेनुकाको असामयिक निधनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछु ।’ अध्यक्ष गैरेले भनेका छन् ।
खनालको अगस्त २९ का दिन पोर्चुगलमै दाहसंस्कार गरिएको छ ।
वि.सं.२०७७ भदौ १४ आइतवार १३:२४ मा प्रकाशित



























