back
CTIZAN AD

श्रमिक सूचना बैंकको स्थापना

वि.सं.२०७७ भदौ १५ सोमवार

705 

shares

१५ भदौ, काठमाडौँ । सरकारले श्रम बजारसँग सम्बन्धित सूचनालाई एकीकृत गरी श्रमिक र रोजगारदाताबीच श्रम विनिमयका लागि समयमै सूचना उपलब्ध गराउने उद्देश्यले ‘श्रमिक सूचना बैंक’ स्थापना गरेको छ । श्रमिक सूचना बैंकले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकतानुसार काममा लगाउन सहयोग पु¥याउने छ । श्रम आर्जन गर्न सक्ने जनशक्ति केकति छ, केकस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत जानकारी बैंकले उपलब्ध गराउनेछ ।

श्रमिक सूचना बैंकको कार्यान्वयनबाट श्रम बजारमा रहेका तथा प्रवेश गर्ने (१८–५९) श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभवसमेतको सम्पूर्ण विवरण सङ्कलन गर्ने र सोको विवरण विद्युतीय माध्यमबाट तथ्याङ्कका रूपमा उपलब्ध हुनेछ । विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणसमेत समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री यादवले बताए ।

सबै पालिकामा रहेको रोजगार व्यवस्थापन सूचना प्रणालीलाई सुदृढ गरी क्षेत्रगत रूपमा सीपमूलक जनशक्तिको विवरण सङ्कलन तथा अद्यावधिक गरी सरकारी तथा निजी क्षेत्रलाई उपयोगी हुने विश्वासका साथ स्थानीय र प्रदेश सरकारसँगको साझेदारीमा अन्तरआबद्धता कायम हुने गरी प्राथमिकतापूर्वक श्रमिक बैंकको कार्य गरिने लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को सरकारको नीति तथा कार्यक्रमको बूँदा नं ८५ श्रमिक सूचना बैंक स्थापना गर्ने विषय समेटिएको थियो । श्रमिक बैंक स्थापना गरी कार्यान्वयन गर्नका लागि श्रम मन्त्रालयले विज्ञ समूह गठन गरेको थियो । श्रमिक बैंक तथा श्रम बैंक स्थापनासम्बन्धी अवधारणा तयार गर्न श्रम मन्त्रालयद्वारा गठित कार्यदलले गत जेठ १५ गते श्रममन्त्री यादवसमक्ष अध्ययन प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदनमा श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखाङ्कन गरी कुन क्षेत्रमा रोजगार वा स्वरोजगारमा छन् भन्ने अत्यावश्यक विवरण सूचना प्रविधिमा आबद्ध गरी श्रमिक र रोजगारीको क्षेत्रसम्बधी विस्तृत सूचना रहने श्रमिक (सूचना) बैंक स्थापना गर्नु उपयुक्त हुने सिफारिस गरेको थियो । यसबाट क्रमशः भविष्यमा श्रम बजारमा कुनकुन क्षेत्रमा संलग्न हुन सकिन्छ वा कुन अवसरको उपयोग गर्न सकिन्छ भनी काममा मिलान गर्ने अभियानमा समेत आबद्ध गराउन सकिने प्रस्ताव गरिएको थियो ।

कृषि, निर्माण, सेवा क्षेत्रलगायत औपचारिक क्षेत्र तथा अनौपचारिक क्षेत्रमा रोजगारीमा रहेका श्रमिकलाई श्रम बजारमा बिकाउन तथा टिकाउन, क्रमशः औपचारिकीकरण गर्न एवं दीर्घकालीन रूपमा सामाजिक संरक्षण गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने आवश्यकताको विषयसमेत अध्ययन प्रतिवेदनमा समेटिएको थियो ।

बेरोजगारले श्रमिक सूचना बैंकको अनलाइन डब्लुडब्लुडब्लु डट एलआइबी डट जिओभी डट एनपीमा गएर आफ्नो सम्पूर्ण विवरण दर्ता गर्नुपर्नेछ । रोजगारदाताले आआफ्ना उद्योग प्रतिष्ठानमा रहेको रोजगारीको विज्ञापन प्रकाशन गर्न सक्ने व्यवस्था गरिएको छ । रोजगारदाताले राखेका विज्ञापन हेरेर बेरोजगारले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । (रासस)

वि.सं.२०७७ भदौ १५ सोमवार ०८:५५ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...