back
CTIZAN AD

मंगलादेवीलाई सम्झँदै ‘कोभिड– १९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयमा बैठक सम्पन्न

वि.सं.२०७७ भदौ १५ सोमवार

840 

shares

१५ भदौँ, न्युयोर्क, अमेरिका । नेपाली महिला आन्दोलनकी अग्रज तथा प्रजातान्त्रीक आन्दोलनकी नेतृ स्वर्गिय मंगलादेवी सिंह को २४ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले एघारौँ अन्तरराष्ट्रिय जुम भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

उक्त वैचारिक वहस कार्यक्रम, विदेशवाट बहस : विचार, विमर्श र निष्कर्षको विषय ‘कोभिड– १९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ भन्नेमा केन्द्रित रहेर बहस भएको थियो । कार्यक्रमको अध्यक्षता पुर्व उपप्रधानमन्त्री, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं गिरिजा प्रसाद कोइराला फाउण्डेशन कि केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले गरेकी थिइन भने प्रमुखअतिथिमा नेपाली कांग्रेसका महामन्त्री र सांसद डा. शशाङ्क कोइराला थिए ।

स्वर्गीय मंगलादेवी सिंहको चौबीसौँ स्मृति दिवसमा उनलाई सम्झिदै फाउण्डेशनले हार्द्विक श्रध्दाञ्जलि अर्पण गरेको छ। स्वर्गिय मंगलादेवी सिंह नेपाली राजनितीमा महिला सहभागीताको लागि संघर्ष गर्दै नेपाली महिलाको हक, हित, अधिकारका लागि लड्दै नेपाल महिला संघको संस्थापक सभापति समेत थिइन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझआयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

महामन्त्री डा कोइरालाले महिलालाई पुरुषसरहको अधिकार स्थापित गराउन स्व मङ्गलादेवी सिंह, स्व दिव्या कोइराला, शैलजा आचार्य, सुशीलाकोइरालालगायत महिलाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवीसिंह भएको बताए । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भनिन् । महिलाले महिलालाई सहयोग गरेमात्रमहिलाको आवाज बुलन्द हुने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताइन् । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”, उनले भनिन् ।

केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन् । महिला अधिकार स्थापित गराउन नेपाल महिलासङ्घ लड्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले समानताको अधिकार खोज्ने कांग्रेसभित्र नेतृत्वको अधिकारमा पनि समानता हुनुपर्ने बताइन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारमा समानता नखोजेसम्म महिलाले अधिकार नपाउने उल्लेख गरिन् ।

कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरेकी थिइन् । महिलाले आवाज उठाउननसकेको खण्डमा महिला अधिकार स्थापित नहुने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य किरण यादवले कोरोनाका कारण गर्भवती, सुत्केरी बढी प्रभावित भएको भन्दै उक्त वर्गलाई लक्षित गरेर सरकारले विशेष कार्यक्रमल्याउनुपर्ने उल्लेख गरिन्। तोकिएकै समयमा कांग्रेसको १४ औँ महाधिवेशन हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल महिला सङ्घका अध्यक्ष एवं सांसद उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला सङ्घको भएको बताउँदै पार्टी र सरकारसँगमहिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरिन् ।

प्रदेशसभा सदस्य विजुला बर्मा, कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद कि उपाध्यक्ष रबिनाथापा, स्वर्गिय मंगलादेवी सिंह सँग नजिक भएर काम गर्नु हुने महिला नेतृ तुलसा लता आमत्य, फाउण्डेशन युरोपका संयोजक सीता सापकोटा, फाउण्डेशन साईप्रस संयोजक रिता दुलाल, कांग्रेस नेत्री सिर्जना सिंह, कांग्रेस नेत्री ज्योत्सना साउद, नेविसङ्घ पूर्व महामन्त्री प्रतिमा गौतम, पत्रकार बिमला भण्डारि, युवा महिला उध्धमी निकिता आचार्य, जनसम्पर्क समिति ईजरायलकी प्रथम उपाध्यक्ष दिपिका भुसाल लगायतले महिलालाई नेतृत्वमा ल्याउनसबै महिला एकजुट हुनुपर्ने उल्लेख गरे । फाउण्डेशन अमेरिका का सल्लाहकार डा। राजन पन्त ले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। प्रथम चरणका संचालक गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे थिए भने दोस्रो चरणमा फाउण्डेशन अस्ट्रेलिया, ऐडेलेड संयोजक दिलिप कुमार पोख्रेल गरेका थिए, जसमा प्रश्नोत्तर रहेको थियो।

फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकको समसाययिक विषयमा फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताए ।

वि.सं.२०७७ भदौ १५ सोमवार २१:०५ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...