back
CTIZAN AD

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनमै छोराको पनि मृत्यु

वि.सं.२०७७ भदौ १७ बुधवार

699 

shares

१७ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका वडा नं ७ का एक युवाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाटै ६४ वर्षीया आमाको मृत्यु भएको ४ दिनमै पाटन अस्पतालको भेन्टिलेटरमा उपचाररत ४० वर्षीय छोराको पनि मृत्यु भएको नगरपालिकाकी उपमेयर अन्जना देवी मधिकर्मीले संसारन्युजलाइ जानकारी दिएकी छन् ।

१५ दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएका ती युवकको मंगलबार राति मृत्यु भएको हो ।

‘आमाको मृत्यु भएको ४ दिन मात्रै पुगेको छ । छोराको पनि आज मृत्यु भयो । परिवारका ६ जना सदस्यमा कोरोना संक्रमण देखिएकोमा २ जनाको मृत्यु भयो । युवकका वुवा, गर्भवती श्रीमती र छोराछोरीमा पनि संक्रमण देखिएको छ ।’ उपमेयर मधिकर्मीले भनिन्, ‘ कमाएर परिवार पाल्ने उनीहरु दुवै जनाको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ ।’

मध्यपुर थिमी नगरपालिकामा हालसम्म २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज मृत्यु भएका युवकसहित तीनजनाको मृत्यु भएको छ । यसअघि नगरपालिकाको वडा नं ३ की एक महिलाको पनि संक्रमणबाट मृत्यु भएको थियो । नगरपालिकामा हालसम्म झण्डै ८ सय पिसीआर परीक्षण गरिएकोमा २४९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नगरपालिकामा कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा नागरिकमा भने सचेतना नदेखिएकोमा उपमेयर मधिकर्मी दुःख व्यक्त गर्छिन् । ‘बिहान र बेलुका २÷२ घण्टा माइकिङ गरेर सचेतना जगाइरहेका छौं । तर, भित्र भित्र गल्लीमा मास्क नलगाउने, भएको मास्क पनि खल्तीमा राखेर बस्ने र लापरवाही गर्नुभएको पाएका छौं, नगरवासीलाई संक्रमणबाट जोगिनका लागि सचेत रहन पुनः अनुरोध गर्दछौं ।’ मेयर मधिकर्मीले भनिन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार १५:४९ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...