back
CTIZAN AD

आगामी दुई सातासम्म कर्फ्यू लगाउन उपत्यकाका मेयरहरुको सुझाव

वि.सं.२०७७ भदौ १७ बुधवार

681 

shares

काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरुले आगामी दुई सातासम्म कफ्र्यू लगाउन सुझाव दिएका छन् । उपत्यका नगरपालिका मेयर फोरमको बुधबार बसेको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू लगाउन सुझाव दिएको थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

निषेधाज्ञाको उल्लंघन धेरै भएको र संक्रमण फैलिएको भन्दै बैठकमा सहभागीले थप कडा निषेधाज्ञा (कर्फ्यू)को विकल्प नभएको बताएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा सहभागीले आगामी १५ दिनसम्म कफ्र्यू लगाउनुपर्ने सुझाब राखेका छन् ।

‘परिक्षणको दर टुंगो लगाएको छैन्, कन्ट्याटक ट्रेसिङ्ग अझ आक्रामक बनाउनु पर्नेछ’ मेयर श्रेष्ठले भने, ‘सबैको सुझाव थोरैमा एक साता नत्र दुई सातासम्म कडा खालको निषेधाज्ञा (कर्फ्यू) लगाउनुपर्ने भन्ने छ, नत्र नियन्त्रण रोक्न सक्दैनौं ।’

श्रेष्ठले बताएअनुसार भर्चुअल बैठकमा सबै मेयरहरुले कोरोना संक्रमणलाई नियन्त्रण गर्न थप पीसीआर परिक्षणलाई आक्रामक बनाउनु पर्ने विषय उठाएका थिए ।

श्रेष्ठले जनाएअनुसार निषेधाज्ञाको बीचमा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाभित्र ३४ हजार ५ सय बढिको पीसीआर परिक्षण गरिएको थियो । अहिले देखिएको संक्रमण दर परिक्षण आक्रामक हुँदाको नतिजा हो ।

श्रेष्ठले भने, ‘संक्रमितको दर बढि देखिएको कारण आत्तिनु पर्दैन् । यो परिक्षण आक्रामक हुँदा देखिएको दर हो । संक्रमित जति सबैलाई आइसोलेसनमा राखिएको छ । अब झै कन्ट्याक टे«सिङ्गलाई बढाउँदा नियन्त्रण लिन सक्छौं ।’

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा आज मध्यरातदेखि सकिँदैछ । आज नै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको बारेमा निर्णय गर्दैछ । निषेधाज्ञा यथावत राख्ने वा नराख्ने भन्ने निर्णय आज नै हुनेछ ।

वि.सं.२०७७ भदौ १७ बुधवार १५:३७ मा प्रकाशित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...