back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ३८८ सहित ११२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१,६४९ पुग्यो

वि.सं.२०७७ भदौ १७ बुधवार

888 

shares

१७ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३८८ जनासहित देशैभरी ११२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५० ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा ११, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा ५३ जना र सुनसरीमा ७२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६३, पर्सामा ४९, बारमा २३, महोत्तरीमा ३१, रौतहटमा १८, सप्तरीमा १२, सर्लाहीमा ५० र सिराहामा १५ जना जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेपलान्चोकमा १, चितवनमा ४३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ९, मकवानपुरमा ३३, रामेछापमा २, ललितपुरमा २९, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा १, तनहुँमा ४, नवलपरासीपूर्वमा १६, पर्वतमा १, लमजुङमा १९ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, दाङमा ६, नवलपरसीमा ३, पाल्पामा १, प्युठानमा २, बर्दियामा ५, बाँकेमा ४१, रुपन्देहीमा २७ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २१, जुम्लामा ३७ र दैलेखमा १ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ३, कैलालीमा १३, डडेल्धुरामा १, बझाङमा ९ र बैतडीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी ११२० जना संक्रमित थपिएका छन् । जसमा महिला ३२० र पुरुष ८०० जना रहेका छन् । आज थपिएका ११२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४८१ सहित १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०,५२९ पुग्यो

वि.सं.२०७७ भदौ १७ बुधवार १६:३४ मा प्रकाशित

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...