back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको बृद्धि कायमै, एकै दिनमा झण्डै सभा चार अर्बको करोबार

वि.सं.२०७७ भदौ १७ बुधवार

873 

shares

१७ भदौ, काठमाडौं । साताको चौथो दिन बुधबार पनि नेप्सेमा दोहोरो अंकका बृद्धि देखिएको छ । आज नेप्से परिसूचक २५.५८ अंकले बढेर १५१०.५७ बिन्दुमा पुगेकोे हो । त्यस्तै ठूला कम्पानीहरुको कारोबार मापक सेन्सेटिभ पनि ६.२६ अंकले बढेर ३०४.६० बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज सूचिकृतमध्ये १८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैंया बराबरको ९६ लाख ८६ हजार ९ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोबारमा ४५ हजार २७२ पटक लेनदेन भएको छ ।

आजको कारोबारमा बीमा कम्पनी समूहको परिसूचक आरोलो लाग्दा बाँकी १० वटा कम्पनीको परिसूचक उक्लिएको छ । ती मध्ये जलबिद्युत कम्पनीको सूचकमा सबै भन्दाबढी सकारात्मक परिवर्तन भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी नेपाल पूनर्बीमा कम्पनीको कारोबार भएको छ । उसको मात्र ६७ करोड ४२ लाख ४२ हजार २५४ रुपैंयाँ बराबरको ७ लाख ३२ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने ५ हजा।र ९३२ पटक सेयर लेनदेन भएको छ । कारोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयरमूल्य ९०१ रहेको छ । यो अघिल्लो दिनकोभन्दा ५४ रुपैंयाँले बढी हो ।

आजको कारोबारमा १२९ कम्पनीको सूचक उकालो लाग्दा ३६ कम्पनीको कारोबार ओरालो लागेको छ । त्यस्तै ३ वटा कम्पनीको सूचकमा कूनै पनि परिवर्तन भएको छैन ।

आजको बजार लामो समय लगानीकर्ताहरुलाई निरास बनाएको जलबिद्युत तर्फ सोझिएको छ । लगानीकर्ताहरुले सस्तोमूल्य भएका जलबिद्युत कम्पनी तर्फ लगानी गर्दा समग्र सूचक नै बढेको छ । त्यस्तै अघिल्लो दिन सबैभन्दा बढी कमाएको बीमा समूहको समग्र सूचक आज घटेको छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार १६:२० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...