back
CTIZAN AD

नेपाल आयल निगमको कार्यालयमा तालाबन्दी

वि.सं.२०७७ भदौ १८ बिहीवार

741 

shares

काठमाडौं । नेपाली कांग्रेस (वीपी)निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (वीपी)ले आज नेपाल आयल निगमको बबरमहल स्थित कार्यलयमा तालाबन्दी गरेको छ । संगठनले कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण देखाउदै सरकारले नागरिकलाई घरमै थुनेर पटकपटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै आपत्ति जनाएको छ ।

नागरिक रोगले भन्दा भोकले मर्ने बेला आउँदासमेत अत्यावश्यक वस्तुमा गरिएको मुल्यवृद्धि आफुलाई कुनै हालतमा स्विकार्य नहुने उसले बताएको छ । पेट्रोलियम पदार्थमा लगाईएको अनावस्यक कर खारेज गर्नु पर्ने नेविसंघको माग छ ।

जनतालाई राहत दिनुपर्ने बेलामा पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरि उल्टै ढाड सेक्ने काम भएकोले बाध्य भएर निगमको कार्यलयमा तालाबन्दी गरिएको नेविसंघले बताएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यङ्करहरुलाई समेत मुल्य अभिवृद्धि कर बाहेक अन्य कर छुट नभए सम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्न आह्वान समेत गरेको जनाईएको छ ।

आफ्ना मागहरुको वेवास्ता गरि ताला खोलिएमा वा पेट्रोलियम पदार्थको ढुवानी गरेमा पेट्रोलियम पदार्थ भरी अमलेखगञ्ज डिपोमा आउदा वा डिपोबाट पेट्रोल पम्पमा जादा जुन सुकै ठाउँमा पेट्रोलियम पदार्थको ढुवानी गर्ने साधन नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी संगठनको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १२:५८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...