back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु भएको पुष्टि

वि.सं.२०७७ भदौ १९ शुक्रवार

807 

shares

१९ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट र विहिबार तीनजनाको मृत्यु भएको पृष्टि भएको छ छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार विहिबार एकैदिन पोखरा, तनहुँ र नवलपरासीका ३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार विहिबार चितवन मेडिकलमा उपचाररत नवलपरासी गैडाकोट वडा नं ३ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ९ गते अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्याले अस्पतालमा भर्ना भएका उनको भदौ १० गते कोरोना पुष्टि भएको थियो ।

उनको उपचारकै क्रममा बिहिबार २ः२० मा मृत्यु भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं ६ निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

पश्चिमान्चल क्षेत्रिय अस्पताल संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट भदौ १८ गते रिफर भइ कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका उनको बेलुका ५ः५० मा उपचारका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएको छ ।

त्यसैगरी तनहुँको म्याग्दे गाउँपालिका १ निवासी ९२ वर्षीया महिलाको पनि उपचारका क्रममा शसस्त्र प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

दम मुटु तथा मिर्र्गौलाको समस्या भएर उपचार गराइरहेकी उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको निर्देशनालयले जानकारी दिएको छ ।

 

वि.सं.२०७७ भदौ १९ शुक्रवार ११:२७ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...