back
CTIZAN AD

ताइवानले झार्यो चिनियाँ फाइटर बिमान

वि.सं.२०७७ भदौ १९ शुक्रवार

891 

shares

काठमाडौं । ताइवानले आफ्नो हवाई सीमा क्षेत्रमा घुसेको चिनियाँ फाइटर विमानलाई मिसाइल प्रयोग गरि झारेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार बिहिबार दिउँसो ताइवानले आफ्नो सीमा क्षेत्रमा घुसेको चिनियाँ फाइटर विमानलाई झारेको हो । जनाइएअनुसार मिसाइल आक्रमणमा परेको विमान ध्वस्त भएपनि विमान चालक भने सुरक्षित छन् ।

मिसाइल आक्रमणमा परेको फाइटर विमानको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा जलिरहेको अवस्थामा विमानका टुक्राहरु देखिन्छ । हालसम्म यस घटनाबारे चिनियाँ अधिकारीले पनि कुनै जवाफ दिएका छैनन् ।

चीनले लामो समयदेखि ताइवानको जल र आकाशमाथि अधिपत्य जमाउँदै आएको छ । पटक–पटक विवाद भएपनि चीनले ताइवानको जल र आकाश प्रयोग गर्न छाडेको छैन् । बिहिबार पनि चीनको फाइटर जेट ताइवानको हवाई क्षेत्रमा घुसेको थियो ।

अमेरिकी मिसाइलको प्रयोग

मिडिया रिपोट्स अनुसार, चिनियाँ फाइटर झार्न अमेरिकी मिसाइलको प्रयोग गरिएको थियो । हालसम्म कुन मिसाईल कसरी प्रयोग गरिएको भन्ने विषयमा भने कसैले पनि आधिकारिता खुलाएका छैनन् ।

हाल दक्षिणी चीन सागरमा अमेरिकी सेनाको तैनाथी छ । अमेरिकाको सबैभन्दा ठूलो निमित्ज वारसीप पनि यहिँ मौज्दुत छ । जनाइएअनुसार वारसीपमा १२० फाइटर जेट्स छन् ।

अमेरिकाले केहि दिनअघि ताइवानमाथि कुनै हमला गरे आफुँ चुप नबस्ने चेतावनी दिएको थियो । उसले ताइवानमाथि जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको घोषणा गरेको थियो ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १७:४१ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...