back
CTIZAN AD

सङ्क्रमित प्रहरीका लागि आइसोलेशन तयार

वि.सं.२०७७ भदौ २० शनिवार

765 

shares

२० भदौ, भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रभागमा खटिने प्रहरीका लागि आइसोलेशन सञ्चालनमा आएको छ । अग्रभागमा खटिने प्रहरीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेशन तयार पारेको हो ।

यसका लागि प्रहरीले मध्यपुरथिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ श्ययाको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेशन तयार पार्ने काम भएको बताए ।

भक्तपुरका प्रहरीमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सचेतना अपनाएको, प्रहरीलाई फरक–फरक स्थान र विद्यालयमा समेत अस्थायी ब्यारेक बनाएर सुरक्षित राख्दै परिचालन गर्ने गरेको र सङ्क्रमितलाई खरिपाटीस्थित आइसोलेशनमा पठाउने गरिएको उनले बताए ।

उनले प्रहरी परिसरका सङ्क्रमित एक प्रहरी निको भएर ड्युटीमा फर्किसकेको, जगाती प्रहरी वृत्तका प्रहरीमा सङ्क्रमण नभएको, नगरकोट प्रहरी प्रभागमा सङ्क्रमित एकलाई आइसोलेशनमा राखिएको जानकारी दिए । उनले परिसरमा रहेका दुई थुनुवालाई सङ्क्रमण भए पनि खरिपाटीस्थित आइसोलेसनमा राखिएको बताए ।

महानगरीय प्रहरी वृत्त थिमिमा भने १३ प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । जसमा तीन जना निको भएर काममा फर्किसकेका प्रहरी नायब उपरीक्षक ऋषिराम कट्टेलले जानकारी दिए । सङ्क्रमित १० जना पाठ्यक्रम विकास केन्द्रको आइसोलेशनमा रहेका र तीन सङ्क्रमित निको भएर काममा फर्किएका उनले जानकारी दिए ।

बालकोट प्रहरी प्रभागमा सङ्क्रमित एक पनि निको भएर काममा फर्किसकेका छन् । प्रहरीका लागि पाठ्यक्रम विकास केन्द्रमा १८ श्यया क्षमताको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याइएको छ । थिमि प्रहरी वृत्तमा रहेका सात जना थुनुवामा पनि सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइएको छ ।(रासस)

वि.सं.२०७७ भदौ २० शनिवार १८:२३ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...