back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २० शनिवार

639 

shares

२० भदौं, काठमाण्डौं । नेपालमा शनिबार (२० भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ५७ हजार ९६३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,४७३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ८७० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,८६६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८००४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १६७ जना र भेन्टिलेटरमा २४ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३ प्रदेश २ मा २८, बागमती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ५ र प्रदेश नं ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी जम्मा १६७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २० र प्रदेश ५ मा ३ जना गरी जम्मा २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, वारा, रौतहट, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी ११ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ६ पुगेका छन् । जसमा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १०४१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । साथै आज १५६६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ । साथै आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४०७ सहित १०४१ कोरोना संक्रमित थपिए
नेपालमा आज काठमाडौं उपत्यकाका ४०७ जनासहित देशैभरी १०४१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३२६ ललितपुरमा ४५ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा ३, ओखलढुंगामा २, झापामा ७, मोरङमा ३५ र सुनसरीमा २० जना जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषा ७, पर्सा १०, बारा १३, महोत्तरी २६,सप्तरी २०, सर्लाही १७ र सिरहामा ४१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३२६, काभ्रेपलान्चोक ६, चितवन ४५, दोलखा ६, धादिङ १०, नुवाकोट १, भक्तपुर ४५, मकवानपुर ३५, रामेछाप ५, ललितपुर ३७ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासीपुर्वमा ५, पर्वतमा १, लमजुङमा २२, बागलुङमा ६ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १,गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा ३, दैलेखमा ३ र रल्यानमा २ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बभाङमा १६ जना संक्रमित थपिएसँगै आज देशैभरी १०४१ जना संक्रमित थपिएका छन् । जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । आज थपिएका १०४१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

आज पनि १५ सय ६६ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५६६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।  आज निको भएका १५६६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २,३४३ प्रदेश २ मा ७,८४२ बागमती प्रदेशमा २,३५१ गण्डकी प्रदेशमा १,७१७ प्रदेश नं ५ मा ५,२९७ कर्णाली प्रदेशमा २,२७९ र सुदूरपश्चिम प्रदेशमा ५,२५८ जना गरी हालसम्म जम्मा २७ हजार १२७ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८५२, प्रदेश २ मा ५३७ बागमती प्रदेशमा ४४८, गण्डकी प्रदेशमा २,४४४ प्रदेश नं ५ मा ९३०, कर्णाली प्रदेशमा ४१८ र सुदूरपश्चिम प्रदेशमा १०३२ जना गरी हालसम्म जम्मा ६,५६१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ७९९, प्रदेश २ मा ३२५, बागमती प्रदेशमा ५८७५, गण्डकी प्रदेशमा ८६०, प्रदेश नं ५ मा ९०५ कर्णाली प्रदेशमा ३३० र सुदूरपश्चिम प्रदेशमा ७७२ जना गरी हालसम्म जम्मा ९ हजार ८६६ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ७४०, प्रदेश २ मा ३८३१, बागमती प्रदेशमा २२४५, गण्डकी प्रदेशमा ४३, प्रदेश नं ५ मा ९५२, कर्णाली प्रदेशमा ३६ र सुदूरपश्चिम प्रदेशमा १५७ जना गरी जम्मा ८ हजार ४ जना रहेका छन् ।

आज काठमाडौंका ३ सहित ९ जनाको कोरोना संक्रमणबाट मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र ६ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया गरी तीन महिलाको मृत्यु भएको हो ।

त्यसैगरी पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ३५ वर्षीय गरी ३ पुरुष र रुपन्देहीका ४० वर्षीय गरी ६ जना पुरुष ३ महिला गरी आज ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।  आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ २० शनिवार १८:३१ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...