back
CTIZAN AD

‘एजिङ नेपाल’ लाई युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड

वि.सं.२०७७ भदौ २० शनिवार

1.2K 

shares

२० भदौ, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था ‘एजिङ नेपाल’ लाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२०’ प्रदान गर्ने भएको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीका अनुसार ज्येष्ठ नागरिक र साक्षरताका सवालमा सो संस्थाले दिएको योगदान मूल्याङ्कनसहित गरिएको सिफारिशका आधारमा युनेस्को मुख्यालयले निर्णय गरेको हो । हरेक वर्ष विश्वभरीका प्रतिस्पर्धीमध्ये दुई या दुई संस्थालाई दिइने यो विश्वप्रसिद्ध पुरस्कारको राशी २० हजार अमेरिकी डलर छ ।

हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष यही भदौ २३ गते भर्चुअलरुपमा पुरस्तरका वितरण हुने डा अधिकारीले जानकारी दिए । उनले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको बताए ।

एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी भण्डारी (चट्याङ मास्टर) ले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरुले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालिमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गर्दै आएको बताए । सो संस्थाले राष्ट्रसङ्घस्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् २०१६ देखि काठमाडौँका वडास्तरमा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल नेपालमा महिला ज्येष्ठ नागरिक बढी निरक्षर रहेका छन् ।

वि.सं.२०७७ भदौ २० शनिवार १८:४५ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...