back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा भदौ १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १९ शुक्रवार

801 

shares

१९ भदौं, काठमाण्डौं । नेपालमा शुक्रबार (१९ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ४५ हजार ४९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,६३८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८ हजार ४०४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १०,९४२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,४६२ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १५१ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५, प्रदेश २ मा २८, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५ र प्रदेश नं ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी जम्मा १५१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा १९ र प्रदेश ५ मा ४ जना गरी जम्मा २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, वारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी १२ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ६ पुगेका छन् । जसमा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका १३९८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । साथै आज १३५४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । आज १४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४५४ सहित १३९८ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ४५४ जनासहित देशैभरी १३९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३८६ ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, ओखलढुंगामा २, झापामा २८, मोरङमा ७६ जना र सुनसरीमा ३९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २, सप्तरीमा २६, सर्लाहीमा ८० र सिराहामा १ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३८६, काभ्रेपलान्चोकमा ७, चितवनमा ८२, दोलखामा २, धादिङमा १९, नुवाकोटमा ५, भक्तपुरमा ३६, मकवानपुरमा १८, रसुवामा १, रामेछापमा १३, ललितपुरमा ३२, सिन्धुपाल्चोमा ४ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २०, गोरखामा २६, तनहुँमा १२, नलवलपरासीपूर्वमा २८, म्याग्दीमा १, लमजुङमा १०, बागलुङमा १ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ७, गल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुमपूर्वम १ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २१, दैलेखमा ९, रुकुमपश्चिममा १, सल्यानमा १ र सुर्खेतमा २२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ५, कैलालीमा ५२, डोटीमा ४, दार्चुलामा ३, बझाङमा ३ र बैतडीमा जना संक्रमित थपिएसँगै आज देशैभरी १३५९ जना संक्रमित थपिएका छन् । जसमा महिला ४६४ र पुरुष ८९५ जना रहेका छन् । आज थपिएका १३५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

आज एकैदिन १३ सय बढी कोरोना संक्रमित निको भएर डिस्चार्ज
नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १३ सय ५४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १३५४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २००१, प्रदेश २ मा ७,३५७, बागमती प्रदेशमा २०६७, गण्डकी प्रदेशमा १७१७, प्रदेश नं ५ मा ५,२७६, कर्णाली प्रदेशमा २,१३७ र सुदूरपश्चिम प्रदेशमा ५००६ जना गरी हालसम्म जम्मा २५ हजार ५६१ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८९३, प्रदेश २ मा ५४३, बागमती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा २,३९९, प्रदेश नं ५ मा ८७७, कर्णाली प्रदेशमा २४४ र सुदूरपश्चिम प्रदेशमा ११६१ जना गरी हालसम्म जम्मा ६,५६१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १११६, प्रदेश २ मा ७५२, बागमती प्रदेशमा ५५७५, गण्डकी प्रदेशमा ७८०, प्रदेश नं ५ मा १२५६, कर्णाली प्रदेशमा४६१ र सुदूरपश्चिम प्रदेशमा १००२ जना गरी हालसम्म जम्मा १० हजार ९४२ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ७३८, प्रदेश २ मा ३,७५७, बागमती प्रदेशमा २,३१५, गण्डकी प्रदेशमा ४३, प्रदेश नं ५ मा ४१९ कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा १५१ जना गरी ७,४६२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज १४ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० जिल्लाका १४ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र १० पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंका मात्रै ८२, ६७, २२ वर्षीया तीन महिला र चितवनकी ३५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीको ३१ वर्षीय, नवलपरासीको ३७ वर्षीय, प्युठानको ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ पुरुष गरी १० जना र ४ महिला गरी आज १४ जनाको मृत्यु भएको हो ।  आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १८ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १९ शुक्रवार १९:०८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...