back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १८ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १८ बिहीवार

756 

shares

१८ भदौ, काठमाण्डौं । नेपालमा विहिबार ( १८ भदौ ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ३१ हजार ८५२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,४१३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८ हजार ४१३ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १०,६७१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७,७४२ जना रहेका छन् ।

हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ६,७४९ रहेको छ । यो संख्या पछिल्लो समय घट्दै गएको छ ।

आज थपिएका १२२८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ४२ हजार ६७७ पुगेको छ भने आज निको भएर ९१७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २४ हजार २०७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १४१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ५ जना, प्रदेश २ मा २७ जना, बागमती प्रदेशमा ८५ जना, गण्डकी प्रदेशमा ५ र प्रदेश नं ५ मा १९ जना गरी जम्मा १४१ रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १३ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा १७ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही गरी १२ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला गरी ६ जिल्ला रहेका छन् ।

आज काठमाडौं उपत्यकाका ४४५ सहित १२२८ जनामा कोरोना संक्रमण
नेपालमा काठमाडौं उपत्यकाका ४४५ जनासहित देशैभरी १२२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५७ भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा ७, झापामा १२, तेह्रथुममा २, धनकुटामा ३, मोरङमा ४६, संखुवासभामा ६ र सुनसरीमा २७ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६४, पर्साम ६५, बारामा ७१, महोत्तरीमा २०, रौतहटमा २९, सप्तरीमा १ र सर्लाहीमा १०९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३५७, काभ्रेपलान्चोकमा ७, चितवनमा ५६, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा ४, भक्तपुरमा ४२, मकवानपुरमा २२, रामेछापमा १, ललितपुरमा ४६ र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ५, तनहुँमा ३, नवलपरासीपूर्वमा ६, लमजुङमा ९ र बागलुङमा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ११, गुल्मीमा १०, दाङमा ४, नवलपरासीमा ९, पाल्पामा २, प्युठानमा २, बर्दियामा ५, बाँकेमा ८ र रुपन्देहीमा ५२ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, दैलेखमा ६, सल्यानमा २ र सुर्खेतमा ७ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कन्चनपुरमा ३, कैलालीमा १५, डोटीमा ४, दार्चुलामा २, बझाङमा १० र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी १,२२८ जना संक्रमित थपिएका छन् ।

उनीहरुमा ३९४ महिला र ८३४ पुरुष रहेका छन् । आज थपिएका १,२२८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

बढ्दै छ कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या, आज पनि ९१७ जना निको भएर डिस्चार्ज
नेपालमा आज पनि ९१७ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित मध्ये निको हुनेको यो संख्या ५६ प्रतिशत हो ।

मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ९१७ जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ९१७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २००१, प्रदेश २ मा ६४७१, बागमती प्रदेशमा १,५९९, गण्डकी प्रदेशमा १,७१७, प्रदेश नं ५ मा ५,२७६, कर्णाली प्रदेशमा २,१३७ र सुदूरपश्चिम प्रदेशमा ५००६ जना गरी हालसम्म जम्मा २४ हजार २०७ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ९३४, प्रदेश २ मा ६१७, बागमती प्रदेशमा ४५१, गण्डकी प्रदेशमा २३६५, प्रदेश नं ५ मा ८७५, कर्णाली प्रदेशमा २३४ र सुदूरपश्चिम प्रदेशमा १२७३ गरी जम्मा ६,७४९ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ९९०, प्रदेश २ मा ८५२, बागमती प्रदेशमा ५७०६, गण्डकी प्रदेशमा ६८०, प्रदेश ५ मा ११३२, कर्णाली प्रदेशमा ३६८ र सुदूर पश्चिम प्रदेशमा ९४३ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन् ।

त्यस्तै प्रदेश १ मा ७१५, प्रदेश २ मा ४३००, बागमती प्रदेशमा २०५०, गण्डकी प्रदेशमा ४३, प्रदेश ५ मा ४१८, कर्णाली प्रदेशमा ७७, सुदूरपश्चिम प्रदेशमा १२९ गरी ७,७४२ जना होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमणबाट आज ४ महिलासहित ६ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आज ४ महिलासहित ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको हो ।

मृत्यु भएका ४ महिलामा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीका ७७ वर्षीया सहित ४ जना रहेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्दहेकी ६५ वर्षीय पुरुष गरी २ जनाको मृत्यु भएको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा आजसम्मको कोरोना अपडेटः ४१,६४९ संक्रमित, २३,२९० जना निको र मृतकको संख्या २५१ पुग्यो

वि.सं.२०७७ भदौ १८ बिहीवार १८:१२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...