back
CTIZAN AD

नेपालमा आजसम्मको कोरोना अपडेटः ४१,६४९ संक्रमित, २३,२९० जना निको र मृतकको संख्या २५१ पुग्यो

वि.सं.२०७७ भदौ १७ बुधवार

789 

shares

१७ भदौं, काठमाण्डौं । नेपालमा बुधबार ( १७ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख १८ हजार ४३९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार ८७९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८ हजार १०८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १० हजार ४९३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,६१५ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १४४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ७, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा २० जना गरी जम्मा १४४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश नं १ मा १, बागमती प्रदेशमा १४ र प्रदेश ५ मा ३ जना गरी जम्मा १६ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, वारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी १२ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज ११२० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । साथै आज कोरोना संक्रमणबाट १११२ जना निको भएसँगै हालसम्म निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । कुल संक्रमित मध्ये निको हुनेको यो संख्या ५६ प्रतिशत हो ।

त्यसैगरी आज १२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ३८८ सहित ११२० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ३८८ जनासहित देशैभरी ११२० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३५० ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा ११, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा ५३ जना र सुनसरीमा ७२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६३, पर्सामा ४९, बारमा २३, महोत्तरीमा ३१, रौतहटमा १८, सप्तरीमा १२, सर्लाहीमा ५० र सिराहामा १५ जना जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेपलान्चोकमा १, चितवनमा ४३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ९, मकवानपुरमा ३३, रामेछापमा २, ललितपुरमा २९, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा १, तनहुँमा ४, नवलपरासीपूर्वमा १६, पर्वतमा १, लमजुङमा १९ र स्याङजामा १ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, दाङमा ६, नवलपरसीमा ३, पाल्पामा १, प्युठानमा २, बर्दियामा ५, बाँकेमा ४१, रुपन्देहीमा २७ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २१, जुम्लामा ३७ र दैलेखमा १ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ३, कैलालीमा १३, डडेल्धुरामा १, बझाङमा ९ र बैतडीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी ११२० जना संक्रमित थपिएका छन् । जसमा महिला ३२० र पुरुष ८०० जना रहेका छन् ।

आज थपिएका ११२० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

आज कोरोना संक्रमणबाट १११२ जना मुक्त भएसँगै निको हुनेको संख्या २३,२९० पुग्यो
नेपालमा आज १११२ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १११२ जना संक्रमणबाट मुक्त भएका हुन् । आज निको भएका १११२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३२ हजार २९० पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १,७८७, प्रदेश २ मा ६०३४ बागमती प्रदेशमा १५६९, गण्डकी प्रदेशमा १७०९, प्रदेश नं ५ मा ५०६६, कर्णाली प्रदेशमा २१३५ र सुदूरपश्चिम प्रदेशमा ४९८८ जना गरी हालसम्म जम्मा २३ हजार २९० जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८३ प्रदेश २ मा ६८६, बागमती प्रदेशमा ३२८, गण्डकी प्रदेशमा २३४७, प्रदेश नं ५ मा ७८९, कर्णाली प्रदेशमा २५९ र सुदूरपश्चिम प्रदेशमा १५४ जना गरी हालसम्म जम्मा ६७६६ जना विभिन्न स्थानिय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ११३८ प्रदेश २ मा ११२७ बागमती प्रदेशमा ५०६७, गण्डकी प्रदेशमा ६३९, प्रदेश नं ५ मा १२५२, कर्णाली प्रदेशमा ३५० र सुदूरपश्चिम प्रदेशमा ९२० जना गरी हालसम्म जम्मा १० हजार ४९३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ६७६, प्रदेश २ मा ४१०३, बागमती प्रदेशमा २१७६, गण्डकी प्रदेशमा ३८, प्रदेश नं ५ मा ४०७, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १३८ जना गरी हालसम्म जम्मा ७,६१५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज पनि १२ जनाको मृत्यु, मृतकको संख्या २५१ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ जिल्लाका १२ जनाको मृत्यु भएको छ । जसमा महिला ६ र पुरुष ६ गरी १२ जना रहेका छन् ।
आज मृत्यु भएका ६ महिलाहरुमा चितवनकी ५५ र १८ वर्षीया २ जना, काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया, तनहुँकी २० वर्षीया र कपिलवस्तुकी ६० वर्षीया गरी ६ महिला रहेका छन् ।

त्यसैगरी पुरुषहरुमा बाराका ९७ वर्षीया, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय २ जना र धादिङका ४७ वर्षीय गरी ६ जना रहेका छन् ।
आज मृत्यु भएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको पनि मन्त्रालयका प्रवक्ता डा् जागेश्वर गौतमले बताएका छन् ।

यस्तो छ नेपालमा भदौ १६ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १७ बुधवार १८:५१ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...