back
CTIZAN AD

यस्तो छ नेपालमा भदौ १६ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ भदौ १६ मंगलवार

807 

shares

१६ भदौं, काठमाण्डौं । नेपालमा मंगलबार (१६ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ५ हजार ५६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार ८८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८ हजार ११२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १० हजार ८३२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,२८० रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १२७ जना संक्रमित उपचाररत छन् ।  मन्त्रालयका अनुसार प्रदेश १ मा ४, प्रदेश २ मा २९, बागमती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा १३ जना गरी जम्मा १२७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १४ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, वारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी १२ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मनाङ र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका १०६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । साथै आज ११ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४८१ सहित १०६९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ४८१ जनासहित देशैभरी १०६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र सुनसरीमा ५६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा २, बारामा ११, रौतहटमा ५, महोत्तरीमा २, सप्तरीमा १ र सर्लाहीमा १९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३९३, काभ्रेपलान्चोकमा ८, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोटमा २, भक्तपुरमा ३०, मकवानपुरमा ६, रसुवामा १ रामेछापमा २, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोखरामा ८, तनहुँमा ५, नवलपरासीपूर्वमा १५, पर्वतमा १ र लमजुङमा ३२, जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा १३, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ३३, रुकुमपुर्वमा १ र रुपन्देहीमा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २, दैलेखमा २, सल्यानमा १ र सुर्खेतमा १ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १३, कन्चनपुरमा ४, कैलालीमा २०, डडेल्धुरामा २, डोटीमा २४, बझाङमा ४० र बैतडीमा १२ जना संक्रमित थपिएसँगै आज देशैभरी १०६९ जना संक्रमित थपिएका छन् । जसमा महिला ३४४ महिला र पुरुष ७२५ जना रहेका छन् ।  आज थपिएका १०६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

आज ७६८ जना निको भएसँगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२,१७८ पुग्यो
नेपालमा आज ७६८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ७६८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ७६८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १६२५, प्रदेश २ मा ५३९७, बागमती प्रदेशमा १३३६, गण्डकी प्रदेशमा १७०८, प्रदेश नं ५ मा ५०२३, कर्णाली प्रदेशमा २१०१ र सुदूरपश्चिम प्रदेशमा १६२४ जना गरी हालसम्म जम्मा २२ हजार १७८ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८५३, प्रदेश २ मा ७२४, बागमती प्रदेशमा ७४२, गण्डकी प्रदेशमा २३४३, प्रदेश नं ५ मा ८३६ कर्णाली प्रदेशमा २६८ र सुदूरपश्चिम प्रदेशमा १६२४ गरी जम्मा ७,३९० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १२८६, प्रदेश २ मा १५१६, बागमती प्रदेशमा ४९०६, गण्डकी प्रदेशमा ५७५, प्रदेश नं ५ मा १२९३, कर्णाली प्रदेशमा ३५९ र सुदूरपश्चिम प्रदेशमा ८९७ जना गरी जम्मा १०,८३२ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ५४४ प्रदेश २ मा ४०९१, बागमती प्रदेशमा २१०६, गण्डकी प्रदेशमा ३८, प्रदेश नं ५ मा ३२३ कर्णाली प्रदेशमा ४५ र सुदूरपश्चिम प्रदेशमा १३३ जना गरी जम्मा ७,२८० जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज पनि ११ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा एकजना महोत्तरीकी ४ वर्षीया बालिका रहेकी छन् भने १० जना पुरुष रहेका छन् ।

आज महोत्तरीका ३७ वर्षीय, सिराहाका ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय ३ पुरुष, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय, काठमाडौंका ७० र ३५ वर्षीय २ जना र मकवानपुरका ५८ वर्षीय पुरुष गरी जम्मा १० पुरुष र १ बालिका गरी ११ जनाको मृत्यु भएको हो ।

आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १८:२३ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...