back
CTIZAN AD

ढोरपाटन पहिरो अपडेट : १४ को शव फेला, ३९ अझै वेपत्ता (नामावलीसहित)

वि.सं.२०७७ भदौ १८ बिहीवार

630 

shares

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकास्थित लाकुरीबोटमा गएको पहिरोमा परि पुरिएका १४ को शव फेला परेको छ । प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जनाएअनुसार भेटिएका १४ शवमध्ये २ को मात्रै हालसम्म शनाखत भएको छ ।

शनाखत भएकामा ढोरपाटन–९ का केशमाया बिक र करबहादुर बिक छन् । केशमाया बिकलाई उनको घर नजिकै खोला किनारामा भेटिएको थियो । प्रहरीले भेटिएका १४ शवमध्ये १२ को अझै शनाखत गर्न सकेको छैन् ।

प्रहरीका अनुसार अझै पनि पहिरोमा परि हराएका ३९ जनालाई भेटाउन सकिएको छैन् । प्रहरीले वेपत्ता भएका ३९ मध्ये ३६ जनाको नाम पुष्टी गरेको छ ।

घाईते एकको अवस्था गम्भीर

प्रहरीले जनाएअनुसार पहिरोमा परि घाईते भएका ढोरपाटन नगरपालिका वडा नं. ४ दुनेपोखराका १५ वर्षीया मेहन्द्र पुनको अवस्था गम्भीर छ । उनीसँगै फेला परेका सरीता घर्ती, धमेन्द्र पुन, र बेलमती पुनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

२ स्वास्थ्य चौकीसहित ३१ घरमा पूर्णं क्षति

पहिरोले ढोरपाटनको २ स्वास्थ्य चौकी भवनसहित ३१ वटा घरमा पूर्णं क्षति बनाएको छ । प्रहरीले जनाएअनुसार ढोरपाटन ९ को सुकुदुङ र लाकुरीबोटमा रहेको स्वास्थ्य चौकी बगाएको छ ।

जनाइएअनुसार पहिरोमा परि ३१ वटा घर पूर्णं क्षति भएका छन् । नगरपालिका भित्रकै जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन र सरस्वती प्राथमिक विद्यालयको २ कोठे भवन पनि पूर्णं क्षति भएको छ । पहिरोले भुजिखोला जलविद्युत आयोजनाका ४ वटा भवन बगाएको प्रहरीले जनाएको छ ।

यी हुन् हराएका ३६ जना

१) ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने बर्ष २०।२२ को जीवन बिक ।
२) ऐ.ऐ. बस्ने बर्ष २३।२४ को नारायण बिक ।
३) ऐ.ऐ. बस्ने निजको श्रीमती बर्ष २०।२१ कि टेकमाया बिक ।
४) निजहरुकै छोरी बर्ष १ की नाम नखुलेकी बालिका ।
५) ऐ.ऐ. बस्ने बर्ष १५।१६ कि मनिषा बिक ।
६) ऐ.ऐ. घट्टेचौर बस्ने बर्ष २८ कि शनि बिक ।
७) निजको छोरा बर्ष ९।१० को रोशन बिक ।
८) निजको छोरा बर्ष ४।५ को रवि बिक ।
९) नाम नखुलेको १५ दिनको वच्चा १ ।
१०) ऐ.ऐ. बस्ने बर्ष २५।२६ कि मन कुमारी बि.क. ।
११) ऐ.ऐ. बस्ने बर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) ।
१२) ऐ.ऐ. बस्ने बर्ष २९।३० को प्रेम पुन ।
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने बर्ष २०।३० कि कुमारी बिक ।
१४) ऐ.ऐ. बस्ने बर्ष १४।१५ को समुन्द्र बिक ।
१५) ऐ.ऐ. बस्ने बर्ष १०।१२ कि पुनम बिक ।
१६) ऐ.ऐ. बस्ने बर्ष ३०।३१ को जीत बहादुर घर्ती ।
१७) ऐ.ऐ. बस्ने बर्ष ४३।४४ को राजु घर्ती ।
१८) ऐ.ऐ. घट्टेबोट बस्ने बर्ष ३५।३६ कि करमती बुढा ।
१९) ऐ.ऐ. बस्ने बर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०) ऐ.ऐ. बस्ने बर्ष २०।२२ कि दिलमया पुन ।
२१) निजको छोरी बर्ष ३।४ कि प्रकृति पुन ।
२२) ऐ.ऐ. बस्ने बर्ष ६०।६१ कि डोटी पुन ।
२३) ऐ.ऐ. सानो कुगु बस्ने बर्ष ३५।३६ को हेम बहादुर बिक ।
२४) ऐ.ऐ. बस्ने श्रीमती बर्ष ३४।३५ कि उजेली बिक ।
२५) ऐ.ऐ. बस्ने छोरा बर्ष ८।९ को दलु बिक ।
२६) ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको ।
२७) ऐ.ऐ. बस्ने बर्ष ४०।४१ को कर बहादुर बिक ।
२८) ऐ.ऐ. बस्ने श्रीमती बर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९) ऐ.ऐ. दुनेपधेरा बस्ने बर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०) ऐ.ऐ. लाकुरी बोट बस्ने बर्ष ५५।५६ कि कौशिला पुन ।
३१) निजको छोरा बर्ष २०।२१ को विशाल पुन ।
३२) ऐ.ऐ. पावरहाउस बस्ने बर्ष २५।२६ कि धनमाया बिक ।
३३) निजको छोरा बर्ष २।३ को नाम नखूलेको बालक ।
३४) ऐ.ऐ. सुप्राङ बस्ने बर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार ।
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४।२५ को नबिन भण्डारी ।
३६) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र बर्ष नखुलेका अन्य ३ जना ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १७:५१ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...