back
CTIZAN AD

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भनाईप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति

वि.सं.२०७७ भदौ १८ बिहीवार

813 

shares

१८ भदौ, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताको भनाईप्रति आपत्ति जनाएको छ ।

संघका अध्यक्ष डा प्रकाश ज्ञवालीद्वारा जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको भनाईप्रति आपत्ति जनाइएको हो ।

विज्ञप्तिमा ‘संविधानमै व्यवस्था भएको विषयवस्तु लागू गरी संविधान कार्यान्वयन गराउनु पर्ने दायित्व बोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट आयुर्वेद सम्बन्धि तथ्यहिन तथा भ्रमपूर्ण टिप्पणी आउनु दुर्भाग्यपूर्ण भएको’ उल्लेख छ ।

प्रवक्ता जस्तो व्यक्तिले तथ्यमा आधारित भै आफ्ना अभिव्यक्ति दिनुपर्नेमा तथ्यहिन र भ्रमपूर्ण टिप्पणी दिएको भन्दै उक्त गलत भनाई फिर्ता लिन आग्रह गरिएको छ ।

विज्ञप्तीमा आयुर्वेद पनि विज्ञानमा आधारित चिकित्सा विधि भएको तथा आयुर्वेदमा माइक्रोबायलोजी विषय समेत अध्ययन हुने जानकारी गराउँदै प्रवक्तालाई आफ्नो गलत भनाइ फिर्ता लिन तथा तथ्य कुरा प्रष्ट पार्न अनुरोध गरिएको छ ।

केही व्यक्तिहरुले कोरोना सन्चो पार्ने आयुर्वेद औषधी बनाएको दाबी गरेपछि मन्त्रालयको ध्यानाकर्षण धाएको भन्दै बुधवारको कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा डा गौतमले दर्ता नभएका व्यक्तिले चिकित्सा सम्बन्धी सल्लाह दिन, उपचार गर्न तथा आफ्नो नामको अगाडी डा. लेख्न नपाइने नियम भएको र त्यस्ता गतिविधि गरेमा कारबाहीको भागिदारी हुनुपर्ने भन्दै सचेत गराएका थिए ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १७:४१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...