back
CTIZAN AD

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७७ भदौ २१ आइतवार

660 

shares

२१ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । उनको आज बिहान ८ बजे मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँ, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक\एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रभावकारी बनाउँदै भरतपुर अस्पताल

यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो ।

हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा शनिबार मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार दातृ निकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ । कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुर्याइने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँच भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आह्वान गरिएको छ ।

यससँगै बिरामीलाई धेरै अक्सिजन दिन सक्ने तीनवटा उपकरण पनि खरिद गर्न लागिएको उनले जानकारी दिए । मन्त्रालयले सो प्रयोजनका लागि रु तीन करोड बजेट पठाएको छ । अस्पतालमा बिग्रिएर बसेका दुईवटा भेन्टिलेटर पनि मर्मत गरिँदैछ । तिवारीले भने, “हामी महावीर पुनको स्वास्थ्य आविष्कार केन्द्रमा बिग्रिएका दुई भेन्टिलेटर पनि पठाउँदैछौँ ।” ती बन्दै गर्दा अस्पतालमा १६ भेन्टिलेटर हुनेछन् । तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने बताए । उनले भने, “एक्सरे आइसकेको छ, हामी आजभोलिमै जडान गर्छौँ ।” अस्पतालले १६ शय्याको कोभिड सघन उपचार कक्षमध्ये छ वटामा शङ्कास्पद र १० वटामा प्रमाणित भएकाहरुलाई राख्नका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ ।

अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शय्या थप गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले १०० आइसोलेसन शय्या थप गरेको हो । यसअघि अस्पतालमा १० शय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शय्याको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शय्या थप गरिएको उहाँले जानकारी दिए । पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शय्या नपाउने समस्या बढेपछि अस्पतालमा छ शय्याको सघन उपचार कक्षसहितको १७५ शय्या आइसोलेसन पुर्याइएको हो ।

उनका अनुसार थप भएका आइसोलेसन शय्यामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शङ्कास्पद देखिएकालाई ३५ रहने गरी आइसोलेसन थप गरिएको हो । कर्मचारीलाई निर्माणाधीन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइँदै छ । यसमा ४८ शय्या हुनेछ ।

अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए । सङ्क्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै बाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने योजनासमेत बनाइएको छ । गम्भीर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिने उनले बताए । उनका अनुसार सङ्क्रमणमुक्त भएकाहरुबाट रक्तदान गर्ने कार्य अस्पतालकै पहलमा भइसकेको छ ।

अस्पतालले एकीकृत आकस्मिक सेवालाई निरन्तरता दिँदै आइरहेको छ । यसअघि आकस्मिक कक्षमा आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै चार शय्या तयार पारिएको छ । ती शय्यामा सम्भावित सङ्क्रमणका बिरामी राखेर उपचार गरिने छ । सङ्क्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने अधिकारी बताउँछन् । उनले भने, “सहजरुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधैँ तत्पर छ ।”

अस्पतालकका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हालसम्म अस्पतालले २४७ सङ्क्रमितको उपचार गरेको छ । तीमध्ये ७४ अहिले पनि अस्पतालमा उपचाररत रहेको उनले जनाकारी दिए । सङ्क्रमितमध्ये नौ जनाको अस्पतालमा मृत्यु भएको छ । चौध जिल्लाका सङ्क्रमितलाई अस्पतालले उपचार गरेको तथ्याङ्क छ ।
भरतपुर अस्पतालले कोभिड प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । प्रयोगशालाले हालसम्म २१ हजारभन्दा बढी नमूना परीक्षण गरिसकेको छ । चितवनसहित विभिन्न जिल्लाबाट पठाइएका नमूना प्रयोगशालामा परीक्षण हँुदै आएको पौडेलले जानकारी दिनुभयो । गत महिनासम्म जिल्लामा कोरोनाको उपचार भरतपुर अस्पतालले मात्र गर्दै आएको थियो । रासस

वि.सं.२०७७ भदौ २१ आइतवार ०९:४८ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...