back
CTIZAN AD

कोमामा रहेको चर्चा चलिरहेको बेला उत्तर कोरियाका राष्ट्रपति किमको तस्बिर सार्वजनिक

वि.सं.२०७७ भदौ २१ आइतवार

558 

shares

काठमाडौं । कोमामा रहेको चर्चा चलाइएका उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनको आँधी–तुफान क्षेत्रको निरिक्षणमा गएको तस्बिर सार्वजनिक भएको छ । तस्बिर उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सीले सार्वजनिक गरेको हो ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार किम शनिबार कोरियाको उत्तर–पूर्वी क्षेत्रमा आएको आँधी–तुफान प्रभावित क्षेत्रको निरिक्षणमा निस्किएका थिए । किमले तुफानमा फसेका मानिसहरुलाई भेटेका थिए ।

कोरियाली समाचार एजेन्सीका अनुसार उत्तरका उच्च अधिकारीसहित निरिक्षणमा निस्किएका उनले प्रभावित मानिसहरुलाई सहयोगका निमित्त १२ हजार कार्यकर्ता खटाउने प्रतिबद्धता जनाएका थिए । समाचार एजेन्सीले उल्लेख गरेअनुसार यो भ्रमण पछिल्लो साताकै पहिलो हो ।

समाचार एजेन्सीले जनाएअनुसार पछिल्लो साता उत्तरी प्रान्त हैमयोंगमा आएको आँधीले एक हजार बढि परिवार घर बिहिन भएका छन् । आँधिले ठूलो क्षेत्रको खेती बिगारेको छ ।

कोरोना महामारी र अमेरिकी प्रतिबन्धको कारण उत्तर अहिले समस्यामा छ । जसको बीच आएको आँधीले उत्तरलाई कमजोर बनाएको बताइन्छ ।

स्मरणरहोस् राष्ट्रपति किम कोमामा रहेको चर्चा बेलाबखत भईरहन्छ । हालै मात्रै दक्षिण कोरियाली गुप्तचरले पनि किम कोमामा रहेको दाबी गरेका थिए ।

उत्तरले पनि हालसम्म किमको तस्बिर बाहेक अन्य कुराहरु सार्वजनिक गरेको छैन् । सार्वजनिक तस्बिर बारे पनि स्वतन्त्र पुष्टि हुने आधिकारिक अन्य विवरण छैनन् ।

एजेन्सी

वि.सं.२०७७ भदौ २१ आइतवार १२:३१ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...