back
CTIZAN AD

रासायनिक मल खरिदको ठेक्का सम्झौता रद्द गर्ने निर्णय, ठेकेदार अधिकारी र कोइरालाको धरौटी पनि जफत

वि.सं.२०७७ भदौ २१ आइतवार

876 

shares

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीसँग भएको मल खरिद ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको छ । कम्पनीले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै तोकिएको समयमा रसायनिक मल आपूर्ति गर्न नसकेका दुई कम्पनीसँगको सम्झौता रद्दको निर्णय गरेको हो ।

विज्ञप्तीअनुसार कृषि सामाग्रीले दुई कम्पनीकसँगको ठेक्का सम्झौता रद्द गर्दै कम्पनीको धरौटीसमेत जफत गर्ने निर्णय गरेको छ । दुवै कम्पनीले धरौटी स्वरुप पाँच÷पाँच करोड रुपैयाँ जम्मा गरेका थिए ।

गत पुस २८ र माघ ४ मा फरक–फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउन कृषि सामग्री कम्पनीले टेण्डर आह्वान गरेको थियो । टेण्डरमा ७२ दिनभित्र मल ल्याउनुपर्ने सम्झौता थियो । तर, दुवै कम्पनीले तोकिएको समयभित्र मल ल्याउन सकेका थिएनन् । दुवै कम्पनीको अनुरोधमा थप २५ दिन म्याद थपिँदा पनि कम्पनीहरुले मल ल्याउन सकेनन् ।

स्मरणरहोस् ठेक्का सम्झौता पाएको शैलुङ इन्टरप्राइजेज कम्पनी चर्चित ठेकेदार शारदाप्रसाद अधिकारीको हो भने हानोको मल्टिप्रपोज हुमनाथ कोइरालाको हो । दुवैले समयमा मल नल्याउँदा देशैभरि रसायनिक मलको अभाव भईरहेको छ । कृषकहरु उत्पादनमा घाटा पर्ने चिन्तामा छन् ।

यस्ताे छ विज्ञप्ति

वि.सं.२०७७ भदौ २१ आइतवार २२:१० मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...