back
CTIZAN AD

३० मिनेटमै कोरोना परीक्षण हुने करोडौँको एन्टिजेन किट जापानबाट सहयोग

वि.सं.२०७७ भदौ २१ आइतवार

846 

shares

२१ भदौ, काठमाडौँ । कोरोना लागे नलागेको थाहा पाउन गरीने पिसीआर परीक्षणमा प्रयोग हुने करोडौँको एन्टिजेन किट् जापानबाट नेपाल सरकारलाई प्राप्त भएको छ ।

जापानको मेडिकल सामग्री निर्माता मध्येको एक प्रसिद्ध कम्पनी Fujirebio Inc  ले नेपाललाई ५० हजार किट उपलब्ध गराउने सहमति भए बमोजिम पहिलो लटमा आएको ७ हजार थान किट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई आइतबार अपरान्ह्र हस्तान्तरण गरिएको छ ।

ग्लोबल नेपाल ट्रेडिङका तर्फबाट कपिलदेव थापाले विशेष पहल गरेपछि प्राप्त भएको सो सामग्री नेपाल पठाउन पहलकर्ता थापा, एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठ, जापानका अध्यक्ष देवीलाल भण्डारी, प्रवक्ता सिद्धार्थ श्रेष्ठ एवम् महिला संयोजक संगिता अधिकारी विमानस्थलसम्म आएर नेपाल वायुसेवालाई धन्यवादसमेत दिएका थिए ।

सो किट् हस्तान्तरणपछि नेपालको तर्फबाट संयोजन गरेको ग्लोबल ट्रेडिङ कम्पनीकी अन्जना शाहले पठाएको एक जानकारीमा भनिएको छ :
‘काभ्रेपलान्चोक जिल्लामा जन्मीएर हाल जापान निवासी एनआरएनए अभियन्ता एनआरएनए आई सि सि का मानार्थ परिसद सदस्य, समाजसेबि ,ग्लोबल नेपाल ट्रेडिड कम्पनिका डाइरेक्टर कपिलदेव थापाले जापानको प्रतिष्ठित कम्पनी Fujirebio inc  संग पहल गरी Fujirebio inc सस्थाका अध्यक्ष Mr Goki ishikawa जी र नेपालका तर्फ बाट कपिलदेब थापा ले हस्ताक्षर गरि ५० हजार थान किट्स नेपालको लागि सहयोग गर्ने पहल गर्नुभएको छ । यसै ५० हजार थान किट् बाट आज पहिलो लटमा पठाउनुभएको ७ हजार थान किट्स नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण भएको छ ।

विगत ३५ वर्षदेखि जापानमा बस्दै आउनु भएका समाजसेबि एनआरएनए अभियन्ता थापाले ५० हजार थान Antigen Kids -2 , 60326 ESPLIn.E(R) SARC-Cord-2 नामक किट्स नेपाल सरकार लाइ उपलब्ध गराउने कामको पहल गरी नेपाल पठाएको पहिलो चरणको सो सामाग्री नेपाल स्थित ग्लोबल नेपाल टे्डिग कम्पनीका अध्यक्ष प्रशान्त राणा सहित अन्जना शाहले नेपाल सरकार स्वास्थ्य मन्त्रालयका बरिष्ट स्वास्थ्य बिषेशज्ञ डा. रोशन पोखरेललाइ हस्तान्तरण गर्नुभएको छ ।

यो किटस निर्माता Fujirebio inc जापानको एउटा त्यस्तो नेतृत्वदायी कम्पनी हो, जसले ५० बर्षदेखि रोबुस्ट सामाग्री उत्पादन तथा गुणस्तरीय IVD निर्माण तथा परीक्षण गराउँदै आएको छ । HU Group Holding कम्पनि अन्तर्गत टोकियोको स्टक एक्सचेन्जमा ४५४४ नम्बरमा दर्ता रहेको यो कम्पनीमा उच्च प्रबिधिका मेशिन र दक्ष प्राविधिज्ञहरू रहेका छन् । एशिया, युरोप र अमेरिकामा गरी १२ सय कर्मचारी रहेको सो कम्पनी संसारभरको क्लिनिकल समुदायमा प्रतिष्ठित मानिन्छ ।

सो कम्पनिका अनुसार उक्त किट्सले कोरोना लागेका वा नलागेको कुरा करिब ३० मिनेटमा नै जानकारी गराउँदछ । कोरोना लागे नलागेको ३० मिनेटमै थाहा पाइने, पिसीआरका लागि ठूलो मेसिनको पनि आवश्यक नपर्ने,यसलाई देशको जुनसुकै ठाउँमा पनि सहज तरिकाले लान सकिने र चेकपोष्ट, भन्सार एयरपोर्ट लगायतका कुनै पनि कार्यालयबाट सजिलै परीक्षण गर्न सकिने कुरा थापा र जापानीज कम्पनीका प्रतिनिधिले बताउनुभएको छ। यस कामका लागि उक्त कम्पनीका मालिक Presidente, Goki Ishikawa , mis keiko Yamamoto , Koji Aoki, Kazuye saito Ryoichi wagashima  र Jong Kook Park जी ले आवश्यक सबै प्रकारको सहयोग र पहल गर्नु भएको थियो र उहाहरुले आगामी दिनमा पनि नेपालका लागि आबस्यक पर्दा थप आवश्यक सहयोग प्रदान गर्ने बचन कपिलदेब थापालाइ दिनुभएको छ । ढुवानी लगायतका कामहरूमा सहजता भएमा र नेपालमा यसको आबस्यक्ताको महसुस गरि सरकारले यसको आबस्यक्ता अनुसार माग गरेको खन्डमा बाकि सामानहरू छिट्टै प्रधान गरिने कुरा थापाले बताउनु भएको छ। यो सबै ५० हजार पिस नेपाल आएमा करिब २१ करोड रूपैया बराबरको सहयोग जापानबाट आउने भएको छ ।

जापानमा रहेर पनि नेपालमा धेरै जापानि सहयोग जुटाउदै आएका कपिलदेव थापाले बिगत देखिनै नेपालका विभिन्न  ठाउका गॉउहरुमा विद्यालय निर्माण, विद्यालयहरूमा सौचालय निर्माण, खानेपानी,  ह्वुईलचियर, एम्बुलेन्स लगायतका सामाजिक सहयोगि कामहरू गर्दैआउनु भएको छ । उहांले भूकम्प पीडितलाई पनि जापानबाट ठुलो सहयोग जुटाउनुभएको थियो । हाल देशलाई कोरोनाले ग्रस्त पारेको बेला उहांले एनआरएनए कृषि प्रबर्धन समितीमा उपाध्यक्ष रहेर नेपालमा लक डाउनको बेलामा पनि एनआरएनएहरूको सस्था मुना कुषि लिमिटेड कम्पनि बाट घरघर र चोक चोकहरूमा सामाजिक दुरि कायम राख्दै स्वस्थ तरकारी तथा फलफुलहरू सहज तरिकाले उपलब्ध गराउने काममा लाग्नु भएको थियो । त्यसपछि मे महिनामा जापानको आफ्नो कार्य ब्यस्तताका कारण मे २२ मा नेपालबाट कर्मभूमि जापानमा चार्टड फ्लाइटबाट फर्कनु भएका थापाले मे महिनामा जापान पुग्ना साथै यो कोभिट बाट ग्रस्थ आफ्नो देश नेपाललाइ यस्तो प्रकारको सहयोग गर्नाका लागि पहल सुरु गर्नुभयो । आज ३ करोड मुल्य बराबरको ७ हजार पिस किड्स नेपाल आइसकेको छ । यस सामानलाइ जापानको नारिता एयरपोर्ट बाट निशुल्क काठमाण्डु सम्म ल्याउनका लागि नेपाल एयरलाइन्सले सहयोग गरेकोहो यसका लागि नेपाल एयरलाइन्सका प्रमुख टन्क दाहाल जी लाइ पनि हार्दिक धन्यवाद दिन चाहन्छु । जापानको टोकियो मा यस कामका लागि सहज वाताबरण बनाइ सहयेग गर्नु हुने एनआरएनए आई सि सि का कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र एनआरएन एनसि सि जापान र जापान निवासी नेपाली हरू, जापान सरकार , जापानी नागरिक र जापानी कम्पनि हरूको नेपाल प्रतिको सहयोग र सदभाबको सधै प्रशंसा र उच्च सम्मान गर्छौ । यो पुनित कामका लागी समाजसेवी एनआरएन कपिलदेब थापा र जापानि कम्पनि एवं त्यसका प्रमुख प्रबन्धक MR Goki ishikawa  जी लाइ हार्दीक आभार ब्यक्त गर्दछौ ।
प्रशान्त राणा
अध्यक्ष
ग्लोबल नेपाल टे्डिग कम्पनी

वि.सं.२०७७ भदौ २१ आइतवार २०:२९ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...