back
CTIZAN AD

वरिष्ठ संचारकर्मी कार्कीमाथि आक्रमण, प्रेस युनियनद्वारा भत्र्सना

वि.सं.२०७७ भदौ २१ आइतवार

837 

shares

२१ भदौ, काठमाडौँ । राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता राजाराम कार्की माथी भौतिक आक्रमण भएको छ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका कार्कीको आक्रमणका कारण टाउकोमा गम्भिर चोट लागेको छ भने उनको हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको जनाइएको छ।

घरायसी प्रयोजनका सामाग्री किनिरहेको अवस्थामा उनीमाथि एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले टाउकोमा प्रहार गरी घाइते बनाइएको प्रेस युनियनका नेता जीवन भण्डारीले बताए ।

आक्रमणकारी सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी उद्धव कार्कीको पहिचान समेत भइसकेको बताइएको छ ।

नेपाल प्रेस युनियन काभ्रे शाखाले प्रेस विज्ञप्ति जारी गर्दै कार्कीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दा घटनाप्रति भत्सर्ना गरेको छ ।

अध्यक्ष कपिल कोइरालाद्वारा जारी विज्ञप्तिमा आक्रमणकारीलाई तत्काल पक्राउ गरी घटनाको न्यायोचित छानविन गर्दै कडाभन्दा कडा कारवाहीको माग गरिएको छ ।

त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि प्रेस विज्ञप्ति निकालेर घटनाको भत्र्सना गरेको छ । युनियनका सचिव नाराण सापकोटाले विज्ञप्तिमा घाइते कार्कीको उपचारको व्यवस्थासहित आगामी दिनमा यस्ता घृणित क्रियाकलाप नदोहो¥याउन नदिन माग गरेका छन् ।

वि.सं.२०७७ भदौ २१ आइतवार १९:२८ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...