२१ भदौं, काठमाण्डौं । नेपालमा आइतबार (२१ भदौ) सम्म पिसीआर प्रविधिबाट ७ लाख ५७ हजार ९६३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,४७३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार २७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,२०१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,८२६ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १७४ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ९ प्रदेश २ मा २८, बागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी जम्मा १७४ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा २१ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा २७ जना विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, वारा, रौतहट, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी ११ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका ९८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । साथै आज १,८१४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । निको हुनेको यो संख्या ६३ प्रतिशत हो ।
आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ३३४ सहित ९८० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ३३४ जनासहित देशैभरी ९८० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २९० ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, ओलढुंगामा १, झापमा २८, ताप्ललेजुङमा १, भोजपुर १, मोरङमा २९, संखुवासभामा ६ र सुनसरीमा ८६ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १०, पर्सामा २५, बारामा ३, महोत्तरीमा ३, रौतहटमा ८, सप्तरीमा ११, सर्लाहीमा ५ र सिराहामा ६ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा २९०, काभ्रेपलान्चोकमा १, चितवनमा ३, दोलखामा ७, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२ , सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा ५, तनहुँमा ७, नवलपरासीपूर्वमा १२, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा २२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा ४, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १९, प्युठानमा ४, बर्दियामा ६, बाँकेमा ६ र रुपन्देहीमा ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा ५, दैलेखमा २ र सुर्खेतमा ४४ जजना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा ११, कन्चनपुरमा ३, कैलालीमा २१, डडेल्धुरामा २ र बझाङमा १० जना संक्रमित थपिएसँगै आज देशैभरी ९८० जना संक्रमित थपिएका छन् । जसमा महिला २९० र पुरुष ६९० जना रहेका छन् । आज थपिएका ९८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
आज पनि १८१४ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १८१४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १८१४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २४५८, प्रदेश २ मा ८१२७, बागमती प्रदेशमा ३,६५९, गण्डकी प्रदेशमा १८०५, प्रदेश नं ५ मा ५,३५३, कर्णाली प्रदेशमा २,२७९र सुदूरपश्चिम प्रदेशमा ५,२५८ जना गरी हालसम्म जम्मा २८ हजार ९४१ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८९१ प्रदेश २ मा ५२९, बागमती प्रदेशमा ५२९, गण्डकी प्रदेशमा ४२५ प्रदेश नं ५ मा ९९८, कर्णाली प्रदेशमा ३९३ र सुदूरपश्चिम प्रदेशमा ९६४ जना गरी हालसम्म जम्मा ४,७०३ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ८७१, प्रदेश २ मा ५२८, बागमती प्रदेशमा ४,८७७ गण्डकी प्रदेशमा ७८७, प्रदेश नं ५ मा ९११, कर्णाली प्रदेशमा ३७७ र सुदूरपश्चिम प्रदेशमा ८५० जना गरी हालसम्म जम्मा ९,२०१ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ७४३, प्रदेश २ मा ३५००, बागमती प्रदेशमा २३३६, गण्डकी प्रदेशमा १०० प्रदेश नं ५ मा ९७८, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा १२६ जना गरी ७,८२६ जना रहेका छन् ।
आज पनि काठमाडौंका तीनसहित ९ जनाको कोरोना संक्रमणबाट मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट काठमाडौंका ३ सहित ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज संक्रमणबाट मृत्यु हुनेको महिलामा मोरङकी ६४ र झापाकी ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।
त्यस्तै पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, काठमाडौंका ७४, ६८ र ८५ वर्षीय गरी ३ पुरुष र चितवनका ७० वर्षीय गरी ७ जना पुरुषको मृत्यु भएको हो । आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ भदौ २१ आइतवार १८:३७ मा प्रकाशित






























