back
CTIZAN AD

बाबुराममाथि खनिदैं सुर्य थापाले भने, ‘प्रधानमन्त्री ओलीसँग आँखा जुधाउने हिम्मत छ ?’

वि.सं.२०७७ भदौ २२ सोमवार

903 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले समाजवादीका नेता डा. बाबुराम भट्टराईलाई मानसीक सन्तुलन गुमाएको व्यक्ति भनि टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीमाथि भट्टराईले गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले यस्तो भनेका हुन् ।

सामाजिक सञ्जालमा उनले भट्टराईलाई ‘पूर्व प्रधानमन्त्री हो कि गाली शिरोमणी ?’ भनेर प्रश्न तेस्र्याएका छन् । ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ? डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइ सम्मानित व्यक्ति हो कि गाली शिरोमणी ? उनले ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलोज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’

सामाजिक सञ्जालमा प्रयोग गरेको भाषाप्रति आलोचना गर्दै उनले भट्टराईको हैसियतप्रति प्रश्न गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर भन्न यसो सक्नुहन्छ ? ‘ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व…?’ केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्द गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’, थापाले प्रश्न उठाएका छन् ।

पूर्व प्रधानमन्त्रीकाे एक लज्जास्पद टिप्पणी !
सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम…

Posted by Surya Thapa on Sunday, September 6, 2020

थापाले भट्टराईलाई आफ्नो विगत सम्झन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उनले आफैंले गरेको विप्पा सम्झौताप्रति भट्टराईले गरेको टिप्पणीमाथि पनि प्रश्न उठाएका छन् ।

थापाले निर्वतमान अर्थमन्त्री युवराज खतिवडामाथि भट्टराईले गरेको टिप्पणी लज्जास्पद भएको बताएका छन् । ‘तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट संचालनरसनकमा यतिसम्म लेख्न सक्नुभएको हो ?’ उनले प्रश्न गरेका छन् । थापाले भट्टराईको टिप्पणी जगहँसाई भएको बताएका छन् ।

आइतबार पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व’ भनि टिप्पणी गरेका थिए । उनले निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले ‘महत्वपूर्णं समय कनिका छरेर बिताएको’ भनि टिप्पणी गरेका थिए ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०९:३५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...