२२ भदौ, काठमाडौं । भरतपुर अस्पतालले कोरोना संक्रमण भए/नभएको परीक्षणका लागि संकलन गरिएको नमुना परीक्षणको रिर्पोटको नतिजा सम्बन्धीत व्यक्तिको मोबाइलमा पठाइदिने भएको छ ।
अस्पतालले आइतबार एक सूचना जारी गर्दै नमुना परीक्षणका लागि दिएका व्यक्तिले अस्पतालमा फोन गर्नु नपर्ने जनाएको छ ।
त्यस्तै कोभिड संक्रमित विरामीहरुको उपचार, भर्ना र अन्य स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पालको कोभिड क्लिनिक कोअर्डिनेटर डा. प्रमोद पौडेलको (वरिष्ठ कन्सल्टेन्ट फिजिसियन) फोन नं ९८५५०७४६५६ मा सम्पर्क गरेर बुझ्न सकिने पनि अस्पतालका प्रमुख मेडिकल सुपरीन्टेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिएका छन् ।
वि.सं.२०७७ भदौ २२ सोमवार ०९:५८ मा प्रकाशित






























