back
CTIZAN AD

गण्डकी प्रदेशमा थपिए बिहानै ६७ कोरोना संक्रमित, पोखरा फुड्सका मात्रै २५ जना

वि.सं.२०७७ भदौ २२ सोमवार

786 

shares

२२ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा आज बिहानै ६७ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा आज बिहानै विभिन्न जिल्लाका थप ६७ जना संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार आज थपिएका ६७ जनामा कास्कीका मात्रै ३१ जना रहेका छन् । जसमा पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रा.लिमा कार्यरत १७ महिला र ८ पुरुष गरी २५ जना संक्रमित भएका छन् ।

त्यस्तै पोखरा मेट्रोसिटी अस्पतालमा उपचाररत २ जना, पोखराको पुथ्वी चोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत २ स्टाफ नर्स र २ सहयोगी कर्मचारी गरेर ४ जना संक्रमित भएका छन् ।

त्यस्तै नवलपरासीपूर्व देवचुलीका एक स्वास्थ्यकर्मीसहित १५ जना संक्रमित भएका छन् भने गोरखामा १८ जना र तनहुँमा ३ जना गरी ६७ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका ६७ सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,५९८ पुगेको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०९:३३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...