२२ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । आइतबार भारतमा ९१ हजार ७ सय २३ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकै सबै भन्दा धेरै हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भने संक्रमणबाट १ हजार ८ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १३ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ८७ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या २ करोड ७२ लाख ९२ हजार ५ सय ८३ पुगेको छ भने संक्रमणबाट ८ लाख ८७ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ २२ सोमवार १०:१० मा प्रकाशित





























