२४ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा आज कास्कीका ९, बागलुङका १ र नवलपरासीपूर्वका १ गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १३ की ३८ वर्षीया महिला साउदीबाट फर्किएको, पोखराका १७ र वार्ड नं नखुलेका २२ र २४ वर्षीय २ पुरुष भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका तथा अन्य सबै संक्रमित कन्ट्रयाक ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् ।

वि.सं.२०७७ भदौ २४ बुधवार १०:०४ मा प्रकाशित






























