back
CTIZAN AD

मलेसियाबाट फर्किएर तरकारी खेती गरेका जनार्दन भन्छन्-‘सन्तानलाई पैसा फलाउने माटो चिनाइदिए’

वि.सं.२०७७ भदौ २४ बुधवार

759 

shares

२४ भदौ, लुम्बिनी । जीवनको केही समय मलेसियामा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका जर्नादनको जीवनमा बल्ल हरियाली छाउन थालेको छ ।

मायादेवी गाउँपालिका-५ सेमरनाका जर्नादनप्रसाद चाइको दुई वर्ष मलेसियामा पसिना बगाउँदैमा बित्यो । गरीबीका कारण घर खर्च चलाउन नसकेपछि मलेसियाको बाटो समाएका चाइले त्यहाँ पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि चाइले आम्दानी गर्न थाले ।

“शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, उनले भने, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि । तर म आफ्नो काममा लागिरहेँ, अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।” चाइलाई अहिले तरकारी खेतीमा भ्याइनभ्याइ छ ।

“करीब लाख रुपैयाँ खर्चेर मलेसिया पुगेका चाइ त्यहाँको एउटा फर्निचर उद्योगमा काम गर्न थालें”, उनले भने, “सबै खर्च कटाएर जसोतसो मासिक १५ हजार रुपैयाँ बचाउँथे । राम्रो कमाई हुन नसकेपछि अब आफ्नै गाउँघरमा केही गर्नुपर्छ भनेर दुई वर्षपछि स्वदेश फर्किए ।” स्वदेश फर्किएर तरकारी खेती गर्ने निधो गरेर त्यसमा लागे र अहिले तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ । “यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ”, उनले भने, “विदेश गएपछि बल्ल मलाई चेत आयो । मैले मेरा सन्तानलाई स्वदेशमै परिश्रम गरे पैसा फलाउने माटो चिनाइ दिएँ ।”

भैरहवा लुम्बिनी सडकखण्डको सेमरनामा ६ विगहा जग्गा लिजमा लिएर जर्नादनको परिवारले तरकारी खेती गर्दै आएका छन् ।
“तरकारी खेती हाम्रो पुख्र्यौली पेशा पनि हो ।” अहिले जर्नादनको खेतबारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै उहाँको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ ।’ उनले भने ।

तरकारी खेतीका लागि उर्बर जमिन भएपनि प्रयाप्त लगानी नहुँदा उत्पादन बढाउन नसकिएको गुनासो जर्नादनको छ । गाउँपालिकाले कोभिड— १९ को राहत भन्दै रु. २० हजार दिएपनि अन्य सहयोग कतैबाट पाउन नसकेको उनको भनाइ छ । आफ्नो खेतबारीमा उत्पादित तरकारीको बजार अभाव नभएको बताउँदै उनले उत्पादित तरकारी व्यवसायीले बुटवल र भैरहवाबाट गाडी लिएर नै खेतबारीमा आइपग्ने गरेको बताए ।

त्यस्तै सिद्धार्थनगरपालिका-९ गोनहियामा साढे चार विगहा जग्गामा तरकारी खेती गर्दै आएका विष्णु आचार्यले पनि मासिक ५०\५५ हजार रुपैयाँ कमाउन विदेशिनु नपर्ने बताए । उनले स्थानीय विन्दावासिनी मन्दिरको जग्गा १५ को वर्षका लागि लिजमा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।

“कोरोना महामारीको बेला पनि कृषि एम्बुलेन्सले तरकारी खरिद गरेर लगियो । बजारको समस्या हुँदै होइन, उत्पादन बढी गर्नुपर्छ, व्यवसायीले खेतबारीबाट नै तरकारी खरिद गरेर लान्छन् ।” उनले भने ।

रुपन्देहीको मर्चवार क्षेत्रको समरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकाको अधिकांश घरपरिवारको मुख्य आम्दानीको स्रोत नै कृषि उत्पादन हो । file photo

वि.सं.२०७७ भदौ २४ बुधवार २०:०९ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...