back
CTIZAN AD

काठमाडौमा केमा निषेध, केमा खुला ?

वि.सं.२०७७ भदौ २४ बुधवार

768 

shares

२४ भदौ, काठमाडौं । भदौ ३१ सम्म लम्बिएको खुकुलो निषेधाज्ञा अवधिमा काठमाडौंभित्र कतिपय व्यवसायहरु खुला हुने भएका छन् भने कतिपयमा प्रतिबन्धनै गरिएको छ ।

काठमाडौ जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा कोभिड १९ को संक्रमण बढ्दै गैरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थाको मध्य नजर गर्दै खुकुलो निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

निषेध गरिएका गतिविधिहरु
खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस आदि गर्न गराउन, जात्रा, महोत्सव, भोजभतेर आदि संचालन गर्न गराउन पाइने छैन ।
मठ, मन्दिर र चर्चमा नित्य पूजाबाहेकका गतिविधि गर्न, कलकारखाना र व्यवसायमा भीडभाड हुने काम गर्न, भेला हुन, जुलुस गर्न, भीडभाड गर्न पाइने छैन ।
शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर, स्पा सञ्चालन गर्न, जिमखाना सञ्चालन, प्रदर्शनी, पुस्तकालय संग्राहलय, चिडियाखाना खोल्न पनि निषेध गरिएको छ ।
त्यस्तै उद्योग व्यापार व्यवसाय निर्माण कार्य गर्नका लागि स्वास्थ्य सुरक्षा मापदण्ड विपरित श्रमिक÷कामदारको ओसार पसार गर्ने कार्य गर्न पनि निषेध गरिएको छ ।

सार्वजनिक यातायात संचालन गर्न सकिने
काठामाडौँ जिल्ला भित्र स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सार्वजनिक तथा नीजि सवारी सञ्चालन हुन सक्नेछन् । सार्वजनिक तथा नीजि सवारी साधनहरुले जोरविजोर प्रणालीमा संचालन गर्नुपर्नेछ । मालबाहक ढुवानीका सवारी साधनहरु संचालनको हकमा जोरविजोर प्रणाली लागू नहुने उल्लेख छ ।
काठमाडौँ जिल्लाभित्र १६ सिट क्षमता भन्दा बढी भएका सार्वजनिक यात्रुवाहक सवारी साधन संचालन गर्न सकिने छ । भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना मात्र यात्रा गर्न सक्नेछन् । सार्वजनिक यातायातका साधन संचालन गर्दा सुरक्षा मापदण्ड अपनाउनु पर्ने हुन्छ ।

बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन
सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न सकिने छ ।
यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने जनाइएको छ ।
फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

टेक अवे तथा अनलाइन डेलिभरी गर्न सकिने
जारी निषेधाज्ञामा होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सक्नेछन् । स्वास्थ्यको मापदण्ड पालना गरी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सेवा सञ्चालन गर्न सकिनेछ ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र ईलेक्टिोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न सकिनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न सकिने छ । विदेश जाने व्यक्तिहरुको लागि आवातजावतमा सहजिकरण गर्न सकिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने निषेधाज्ञामा अत्यावश्यक सेवाहरु भने स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ सञ्चालन गर्न सकिने उल्लेख छ ।

वि.सं.२०७७ भदौ २४ बुधवार २०:१४ मा प्रकाशित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...