back
CTIZAN AD

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

वि.सं.२०७७ भदौ २५ बिहीवार

2.6K 

shares

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी छन् । २०७४ मंसिरमा भएकोे निर्वाचनमा स्थानीय तहको विकास र सुशासनको लागि भोट मागेका मेयर गिरी निर्वाचित भएको करिब पौने ३ वर्षमा भने काण्डै काण्डले चर्चित बन्न पुगेका छन् ।

२०४६ सालदेखि यता साविकको मल्यांकोट र सेखाम गाविसमा हुने सबै तहको निर्वाचनमा धाँदली हुने गरेको आरोप लाउने गरेको छ । मेयर गिरी पनि साविक मल्यांकोट गाविसका स्थानिय बासिन्दा हुन् । उनि स्वयं मेयर भएको मतदानमा पनि व्यापक धाँदलीका साथ विजयी भएको प्रतिपक्षी दलको स्थानीय कमिटीको भनाई छ ।

स्याङ्जाको दुर्गम मानिने चापाकोट नगरपालिका विकासको दृष्टिकोणले तुलनात्मक रुपमा पछाडि परेको मानिन्छ । तर पालिकाका मेयर गिरी भने विकासभन्दा पनि गैर राजनैतिक काण्डले चर्चित हुँदै गएका छन् । हेरौं काण्डै काण्डले चर्चित बनेका मेयर गिरीका ६ काण्ड :

स्याङ्जा चापाकोटका मेयर शिव कुमार गिरी राम्रा कामले भन्दा नराम्रा कामले चर्चामा छन् । कुटपिट र रक्सी–मासुका घटनाले उनि बेला–बेला चर्चामा आईरहन्छन् । आफैं मेयर बनेको निर्वाचनमा समेत धाँदलीको आरोप उनले मेयर भएपश्चात गरेको गतिविधि सन्तोष दिनेभन्दा हैरानी दिने खालका छन् ।

१. बुथ कब्जाको घटना

२०७४ मंसिरमा भएको संसदिय निर्वाचनमा स्याङ्जाको सेखाम, सांखर, मल्याङकोटलगायतका पाँच स्थानमा बुथ कब्जा गरिएको विषयले निकै बबण्डर मच्चिएको थियो । बुथ कब्जाको विषयले चर्को विवाद जन्मिएसँगै त्यहाँ केहि दिनसम्म मतगणनासमेत हुन सकेको थिएन । विवाद बढ्दै जाँदा निर्वाचन अधिकृतको कार्यालयसमेत तोडफोड भएको थियो ।

उक्त समय निकै बबण्डर मच्चिएको बुथ कब्जाको घटना हालका चापाकोट नगरका मेयरमाथि जोडिन्छ । उनको नेतृत्वमा बुथ कब्जा गरिएको तत्कालिन बाम गठबन्धनका नेताहरु बताउँछन् ।

२. रारा भ्रमणमा रक्सी मासु विवादमा भ्रमण टोलीमाथि कुटपिट

मेयर गिरी, उनका पारिवारीक सदस्य, एकजना वडा अध्यक्ष, सामाजिक परामर्शदाता, एकजना नगर प्रहरी, प्रेस सल्लाहकारलगायतका व्यक्तिहरु २०७५ को कार्तिकमा रारा भ्रमणमा निस्किएका थिए । सुन्दर राराको भ्रमणमा निस्किएको उक्त टोलीले भ्रमणमै आएको अर्को भक्तपुरको टोलीमाथि कालिकोटमा मासुको विषयमा हातपात गरेपछि निकै गम्भिर घटना घट्न पुगेको थियो । रक्सीले मात्तिएका मेयर गिरी भक्तपुरको टोलीमाथि जाइलागेपछि गम्भीर घटना घट्न पुगेको स्थानीय बताउँछन् ।

च्याङ्राको मासु र रक्सी खाने विषयमा भएको उक्त झडपको मुख्य जिम्मेवारी मेयर शिव गिरी नै रहेको बताइन्छ । रक्सीले मातेका गिरीले मनपरी बोल्न थालेपछि झडप स्थानीय बताउँछन् । उक्त झडपमा गिरी पनि गम्भीर घाईते भएका थिए । उक्त झडपको विषयले राष्ट्रिय मिडियामा समेत स्थान पाएको थियो ।

३. राहत बाँड्दा कुटपिट उपहार

कुटाइमा परेका पीडित सुमन बिक । तस्बिर  : सामाजिक सञ्जालबाट
कुटाइमा परेका पीडित सुमन बिक । तस्बिर : सामाजिक सञ्जालबाट

लकडाउनका कारण समस्यामा परेको विपन्न परिवारलाई राहत बाँड्न भन्दै गएको मेयर गिरीको टोलीले उल्टै पीडितलाई नै कुटेर फर्किएको विषयले स्याङ्जामा निकै चर्चा पायो । गत चैत्र २३ मा भएको उक्त घटनामा चापाकोट नगरपालिका वडा नं. ६ का सुमन बिक गम्भीर घाईते भएका थिए ।

राहत वितरण गर्ने क्रममा मेयर गिरीको टोलीले सुमन विकमाथि कुटपिट गरेको थियो । कुटपिटबाट घाइते भएका विकले वडा नं. ६ को मोहमी गाउँमा गरिएको राहत वितरण प्रक्रियामा चित्त नबुझेपछि प्रश्न उठाएका थिए । उक्त घटना चर्चामा आएसँगै मेयर गिरीले दबाब दिएर केही भएको होइन भन्ने कागजसमेत गराएको विषय बाहिर आएको छ ।

४. सरकारी गाडीबाट ओर्लिएर युवालाई कुटपिट

वालिङमा भएकाे कुटपिटकाे घटनाकाे सिसिटिभि तस्बिर । तस्बिर : सामाजिक सञ्जालबाट
वालिङमा भएकाे कुटपिटकाे घटनाकाे सिसिटिभि तस्बिर । तस्बिर : सामाजिक सञ्जालबाट

गत साउन २५ को राति स्याङ्जाको वालिङ–८, रामबाच्छामा मेयर गिरीसहितको टोलीले स्थानीय युवाहरुलाई कुटेको विषयले निकै समयसम्म चर्चा पाईरह्यो । सामान्य विवादमा गिरीसहितको टोलीले स्थानीय युवाहरुलाई घाईते हुने गरि कुटेको विषय स्थानीयदेखि राष्ट्रिय सञ्चार माध्यममा आएको थियो ।

घटनामा कुटपिटबाट घाइते भएका युवाहरुको आँखा र टाउकोमा चोट लागेको थियो । उक्त घटनाको समयमा मेयर गिरीको टोली नगरपालिकाको सेतो नम्बर प्लेट भएको ग १ झ ३३३ नं. को गाडि लिएर वालिङ आएका थिए । जुन घटनाको वास्तविकता सार्वजनिक सिसिटिभि फुटेजमा समेत देख्न सकिन्छ ।

५. छोरीमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की

No description available.

मेयर गिरीकी छोरी साहित्य गिरीले आफ्नो पक्षमा समाचार नलेखेको भन्दै दृष्टि लाईभका सम्पादक मोहन गुरुङ र उनको परिवारलाई नै ज्यान मार्ने धम्की दिईन् । फेसबुक म्यासेन्जरमार्फत दिइएको उक्त धम्कीबारे सम्पादक गुरुङले आफ्नो फेसबुकमार्फत २७ अगस्ट २०२० मा सबैलाई जानकारी गराएका थिए । उक्त धम्कीपछि उनी कानूनी उपचार खोज्नसमेत बाध्य भएका थिए ।

६. नीति तथा कार्यक्रममा सँधै लफडा

चापाकोट नगरपालिकाको प्रतिपक्ष दलले जनाएअनुसार नगरपालिकाले कहिल्यै पनि समयमा नीति तथा कार्यक्रम पेश गर्दैन । नीति तथा कार्यक्रम पेश गर्ने बेलामा बिपक्षीलाई सकेसम्म सहभागी हुन नदिने र दिइहाले तापनि आफ्ना भनाई राख्न नदिने गरेको प्रतिपक्ष दलका कार्यकर्ताले गुनासो गरेका छन् ।

यहि विषयलाई लिएर अघिल्लो आर्थिक वर्षमा नेकपाले नगरपालिकाको कार्यालयमा तालासमेत लगाएको थियो । जसकारण नगरपालिकाले कार्यालय बाहिर नै कार्यक्रम गरेको थियो ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १६:१५ मा प्रकाशित

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...