back
CTIZAN AD

आगामी चैतमा महाधिवेशन गर्ने नेकपा स्थायी समिति बैठकको निर्णय

वि.सं.२०७७ भदौ २६ शुक्रवार

753 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको प्रस्ताव पेश गरेका थिए । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहित १३ जना नेताले बोलेका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार महाधिवेशनको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठकले नै महाधिवेशन सम्बन्धी कामहरु अगाडि बढाउने निष्कर्ष आजको बैठकको निकालेको उनले जनाए ।

यसअघि ०७६ को माघ दोस्रो साता बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पनि पार्टी महाधिवेशन २०७७ को चैत्रमा गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकको निर्णयअनुरुप नै पार्टीको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरिएको हो । यसअघि पार्टी विवाद चल्दै गर्दा पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले मंसिरमा एकता महाधिवेशन गर्न प्रस्ताव अगाडि सारेका थिए ।

सरकारको काम ओलीले पार्टीको जिम्मा प्रचण्डलाई

बैठकले अध्यक्षद्वयको भूमिका पनि स्पष्ट पारेको छ । सम्पन्न बैठकले सरकारको काममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकासहित पार्टीको नेतृत्वमा रहने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठले जनाएअनुसार बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्नु पर्नेछ । उनका अनुसार राष्ट्रिय महत्त्वका निर्णयहरुको हकमा सचिवालयको परामर्श र दुई अध्यक्षहरुको परामर्श र सहमतिको आधारमा मात्रै निर्णय हुनेछ ।

वि.सं.२०७७ भदौ २६ शुक्रवार १७:३५ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...