back
CTIZAN AD

साबधान ! यी कम्पनीको स्यानिटाईजरको प्रयोगले गम्भिर मानवीय असर पार्छ

वि.सं.२०७७ भदौ २७ शनिवार

987 

shares

२७ भदौ, काठमाडौं। केहि कम्पनीद्वारा उत्पादन गरि बजारमा ल्याईएका हेण्ड स्यानिटाईजरले मानब स्वास्थ्यमा गम्भिर असर गर्ने पाईएको छ ।

शनिबार एक सूचना जारी गर्दै औषधी व्यवस्था बिभागले यस्तो जनाएको हो । विभागको सूचना अनुसार नेपाल कायाकल्प उद्योग भक्तपुर, हाइजेन सोप एण्ड केमिकल उद्योग काठमाडौं, आधार केमिकल्स एण्ड फुड ईण्डस्ट्रिज प्राली काठमाडौं, सर्च केम कम हर्बल प्रोडक्स, काठमाडौं तथा सूर्यमुखि हर्बल प्रोडक्सद्वारा उत्पादन भएका बिभिन्न ब्रण्डका हेण्ड स्यानिटाईजरहरुको प्रयोशाला परिक्षणमा विषाक्त रसायनको प्रयागे गरिएको पाईएको हो ।

विभागले त्यस्ता हेण्ड स्यानिटाईजरहरुको उत्पादन तथा बिक्रि बितरण रोक्का राख्न भनेको छ । कोरोना भाईरको विश्वव्यापी माहामरी फैलिएसंगै बिभिन्न प्रकारका स्यानिटाईजर उत्पादन गर्ने कम्पनीहरु छ्याप छ्याप्ति खुलिरहेको बेला औषधि ब्यबस्था बिभागले यस्तो सूचना सर्बजनिक गरेको हो ।

हेनुहोस् विभागको सूचना

No photo description available.

वि.सं.२०७७ भदौ २७ शनिवार १३:०६ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...