back
CTIZAN AD

अब किसानका उत्पादन गाउँपालिकाले खरिद गरिदिने, यस्तो छ मूल्य सूची

वि.सं.२०७७ भदौ २७ शनिवार

834 

shares

२७ भदौ, तम्घास । गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो ।

गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको मस्यौरा प्रतिकिलो रु ३८० मा खरिद गरिदिने भएको छ । मूलाको सिन्की (गुन्द्रुक) प्रतिकिलो रु ४००, मूला सुकाएको चाना प्रतिकिलो रु ६०, बेसार सुकाएको चाना प्रतिकिलो रु २८५, कोदो प्रतिकेजी रु ३७ मा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बोडी प्रतिकिलो रु १५०, ग्रेडिङ गरेको मकै रु ४०, खैरो भटमास र सेतो भटमासका लागि रु ७०÷७० तथा खैरो गहतका लागि रु ९० गाउँपालिकाले मूल्य तोकेको छ । सङ्कलन गरिएका सामग्री सम्झौता गरेको संस्थाले बुटवल लैजाने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए । रासस

 

वि.सं.२०७७ भदौ २७ शनिवार १४:२० मा प्रकाशित

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा...

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...