back
CTIZAN AD

विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ती निश्चित, ओलीको निर्देशनमा तयार भयो प्रस्ताव

वि.सं.२०७७ भदौ २७ शनिवार

744 

shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गको पुनः नियुक्ती निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङ्गको विषयमा सहमती जनाएसँगै पुनः नियुक्ती निश्चित भएको हो ।

उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जनाएअनुसार आगामी मन्त्रिपरिषद बैठकबाट घिसिङ्गको विषयमा निर्णय हुनेछ । भट्टले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा घिसिङ्गलाई नियुक्ती गर्न प्रस्ताव तयार भएको छ ।

‘प्रधानमन्त्री ओलीले उहाँको विषयमा प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ, आगामी मन्त्रीपरिषद बैठकमा उहाँको विषयमा निर्णय हुन्छ’ भट्टले संसार न्यूजसँगको कुराकानीमा भने, ‘प्रस्ताव तयार भईसक्यो ।’

घिसिङ्गलाई दोहोर्याउने विषयमा प्रधानमन्त्री ओली र मन्त्री पुनः असहमत थिए

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री वर्षमान पुन घिसिङ्गलाई दोहोर्याउने विषयमा असहमत थिए । ओलीले घिसिङ्गको कार्यशैली ठिक नभएको र निर्देशन पालना नगरेको भन्दै असन्तुष्टी जनाएका थिए ।

प्रधानमन्त्री ओलीका निकटस्थमार्फत विद्युत प्राधिकरणमा घिसिङ्ग नदोहोरिने संकेत गरिएको थियो ।

निर्णयमा प्रचण्डको दबाब

नेकपा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको पछिल्लो छलफलपछि घिसिङ्गको विषयमा सहमत भएका हुन् । जनाइअनुसार शुक्रबार बसेको नेकपा स्थायी समिति बैठक लगत्तै ओली र प्रचण्डबीच घिसिङ्गको विषयमा बालुवाटारमा छलफल भएको थियो ।

छलफल लगत्तै उर्जा मन्त्री वर्षमान पुनलाई बालुवाटार बोलाएर प्रस्ताव तयार गर्न ओलीले निर्देशन गरेको बताइएको छ ।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घिसिङ्गलाई पुनः नियुक्ती गरिनुपर्ने आवाज छ । सामाजिक सञ्जालमा घिसिङ्गको पक्षमा पुनः नियुक्तीको लागि अभियान नै चलेको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गको चार वर्षे कार्यकाल आगामी भदौ २९ गते सकिँदै छ । उनले आफ्नो कार्यकालमा लोडसेडिङ्गको समस्यालाई हटाएर घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएका छन् ।

वि.सं.२०७७ भदौ २७ शनिवार १७:२६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...