back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ४३१ सहित १२०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार नाघ्यो

वि.सं.२०७७ भदौ २७ शनिवार

831 

shares

२७ भदौं, काठमाण्डौं  नेपालमा आज काठमाडौं उपत्यकाका ४३१ जनासहित देशैभरी १२०१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७७ ललितपुरमा ३७ र भक्तपुरमा १७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाम, झापा, उदयपुर र ओखलढुंगामा १÷१ जना, मोरङमा ५८ र सुनसरीमा १४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा १०, बारामा १५, महोत्तरीमा ८, रौतहटमा ४, सप्तरीमा १०, सर्लाहीमा ८३ र सिराहाममा ७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ३७७, काभ्रेपलान्चोकमा २, चितवनमा ९२, दोलखा, सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोकमा १÷१ जना, भक्तपुरमा १७, मकवानपुरमा १०७, रामेछापमा ७ र ललितपुरमा ३७ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३५, गोरखामा ६, लमजुङमा १, बागलुङमा ३, तनहुँमा १, नवलपरासीपुर्वमा ५१ र स्याङजामा ७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २२, दाङमा २४, नवलपरासीमा ३, पाल्पामा ९, प्युठानमा १, बर्दियामा १८, बाँकेमा ३२, रुकुमपुर्वमा २, रुपन्देहीमा ८१ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४, सुर्खेतमा १८ र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा ४, डडेल्धुरामा २ र डोटीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १२०१ जना संक्रमित थपिएका छन् । जसमा महिला ४१६ र पुरुष ७८५ जना रहेका छन् । आज थपिएका १२०१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्रै ६९६ कोरोना संक्रमित थपिए, देशैभरी १४५४ जनामा संक्रमण

वि.सं.२०७७ भदौ २७ शनिवार १७:३९ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...