back
CTIZAN AD

आज काठमाडौं उपत्यकामा मात्रै ६९६ कोरोना संक्रमित थपिए, देशैभरी १४५४ जनामा संक्रमण

वि.सं.२०७७ भदौ २६ शुक्रवार

765 

shares

२६ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ६९६ जनासहित देशैभरी १४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २, पर्सामा ३, बारामा २, महोत्तरीमा २, रौतहटमा ६, सप्तरीमा ४ सर्लाहीमा ७ र सिराहामा ४२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौमा ६२० काभ्रेपलान्चोकमा ११, चितवनमा ७०, धादिङमा १, नुवाकोटमका ३, भक्तपुरमा ३८, कवानपुरमा ५४, रामेछापमा १, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ११, गोरखामा ६, तनहुँमा ८, नवलपरासीपुर्वमा ३८, पर्वतमा २, लमजुङमा ६ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २८, गुल्मीमा २०, दाङमा५, नवलपरासीमा ३५, पाल्पामा १२, प्युठानमा १३, बर्दियामा १, बाँकेमा १८, रुकुमापुर्वमा ११, रुपन्देहीमा १०२ र रोल्पामा ३ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा १, सुर्खेतमा २६ र सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २ , कैलालीमा ६७ र डोटीमा ६ जना जना गरी आज देशैभरी १४५४ जना संक्रमित थपिएका छन् । उनीहरुमा ४६३ जना महिला र ९९१ जना पुरुष रहेका छन् । आज थपिएका १४५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ५७२ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०,४६५ पुग्यो

वि.सं.२०७७ भदौ २६ शुक्रवार १७:०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...