back
CTIZAN AD

२३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

वि.सं.२०७७ भदौ २७ शनिवार

768 

shares

२७ भदौ, काठमाडौँ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ ।

आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १०८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।

कारागारमा कोरोना बढ्न थालेपछि केही दिनअघि एक रिटमा सर्वोच्च अदालतले कैदीबन्दीको स्वास्थ्योपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानूनअनुसार कैद छुट दिन आदेश दिएको छ । सर्वोच्चले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको व्यवस्था कार्यान्वयनका लागि आवश्यक संरचना, शर्त, प्रक्रिया र कार्यविधि निर्माण गर्न पनि सरकारलाई आदेश दिएको छ । विसं २०७५ देखि लागू भए पनि कार्यविधि र नियमहरु नबनेकाले कार्यान्वयन भएको छैन ।

सर्वोच्चको आदेशअनुसार आवश्यक विवरण सङ्कलनको काम शुरु भएको सापकोटाले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको प्रतिवेदन पेश गर्ने तयारी थालिएको उनले बताए । ऐनमा ५० प्रतिशत कैद भुक्तानी गरेका व्यक्तिमा असल चालचलन देखिएमा छुट दिन सकिने, खुला कारागारमा राख्न सकिने, हप्तामा एक दिन उपस्थित गराएर छाड्न सकिने, सामाजिकीकरण गर्ने तथा श्रममा लगाउन सकिने लगायतका व्यवस्था भए पनि कार्यान्वयन भएको छैन ।(रासस)

वि.सं.२०७७ भदौ २७ शनिवार १७:४९ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...