२८ भदौ, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । त्यसमध्ये बीमा समूहको बृद्धि उच्च छ ।
आजको बजारमा नेप्से १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि २.५९ अंकले बढेर ३०३.९७ बिन्दुमा पुगेको छ ।
सिस्टमा समस्या आएर दिउँसो २.१५ बाटमात्र सुरु भएको करोबारमा सूचिकृत कम्पनी मध्ये १९१ कम्पनीको ३ अर्ब ३७ करोड ४१ लाख ४४ रुपैंयाँ बराबरको ७१ लाख ७९ हजार ८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । तिनको कारोबारमा ३९ हजार ६१० पटक लेनदेन भएको छ । करोबार सांझ ५ बजे बन्द भएको थियो ।
आज ब्यापार, बित्त कम्पनी, र सामूहिक लगानीकोष बाहेक सबै ९ वटै कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । तिनीहरुमध्ये निर्जीबन बीमा कम्पनी समूहको सूचक ३२५.१५ अंकले बढेको छ भने त्यसलाई पछ्याउँदै जीवन बीमा कम्पनीको सूचक २८३.८८ अंकले बढेको छ ।
समस्या आएर ढिलो सुरु भए पनि उल्लेख्य कारोबार भएको बजारमा ९९ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने ५२ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै १९ कम्पनीको सूचकमा कुनै पनि परिवर्तन आएको छैन ।
करोबार रकममा पनि बीमा समूह कै दबदबा रह्यो । नेपाल पूनर्बीमा कम्पनीले २४ करोड २० लाख ३२ हजा ३८८ रुपैंयाको कारोबार गर्दै शिर्ष स्थानमा रहँदा नेपाल लाईफ ईन्स्योरेन्स १९ करोड ३० लाख ७६ हजार ६७ रुपैंयाँको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै अरुण काबेली पावर लिमिटेडको सबै भन्दा बढी सेयर कारोबार भएको छ । उसको मात्र २ लाख ७६ हजार ५४४ कित्ता सेयर किनबेच भएको छ भने नेपाल पूनर्बीमा कम्पनीको २ लाख ६७ हजार ९२५ कित्ता सेयर किनबेच भएको छ ।
आजको कारोबारमा रिलायन्स लाईफ, एनआईसि एसिया लघुबित्त, एनआरएन इन्फास्टक्चर एण्ड डेभलोपमेन्ट लगायत २९ कम्पनीको सूचकमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
| Market Summary | |
| Total Turnover Rs: | 3,374,100,044 |
| Total Traded Shares | 7,179,008 |
| Total Transactions | 39,610 |
| Total Scrips Traded | 191 |
| Index | Current | Points Change | %Change | ||
| NEPSE | 1,537.25 | 16.56 | 1.09 | ||
| Sensitive | 303.97 | 2.59 | 0.86 | ||
| Float | 105.96 | 1.13 | 1.08 | ||
| Sen. Float | 99.68 | 0.75 | 0.76 | ||
| Sub-Indices | Current | Points Change | %Change | |
| Banking | 1,214.21 | 5.82 | 0.48 | |
| Trading | 1,004.15 | 29.22 | 2.83 | |
| Hotels | 1,588.43 | 57.96 | 3.79 | |
| Development Bank | 1,763.41 | 1.36 | 0.08 | |
| HydroPower | 1,143.53 | 40.15 | 3.64 | |
| Finance | 678.60 | 2.94 | 0.43 | |
| Non Life Insurance | 8,363.34 | 325.15 | 4.05 | |
| Manu.& Pro. | 3,100.55 | 17.08 | 0.55 | |
| Others | 1,018.17 | 0.87 | 0.09 | |
| Microfinance | 2,615.71 | 8.2 | 0.31 | |
| Life Insurance | 9,819.92 | 283.88 | 2.98 | |
| Mutual Fund | 10.73 | 0.08 | 0.76 | |
वि.सं.२०७७ भदौ २८ आइतवार १८:०८ मा प्रकाशित

























