back
CTIZAN AD

कोरोना महामारीबाट पीडित बनेकालाई सहयोग गर्न नेकपा प्रवक्ताले गठन गरे स्वंयसेवी समुह

वि.सं.२०७७ भदौ २८ आइतवार

900 

shares

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना महामारीबाट पीडित परिवार तथा समुदायलाई सहयोग गर्न स्वंयसेवी समुहको गठन गरेका छन् । उनले आफ्नो सचिवालयमातहत रहने गरि २९ सदस्यीय स्वंयसेवी समुह गठन गरेका हुन् ।

श्रेष्ठले गठन गरेको समुहले कोभिड उपचारसम्बन्धी प्रक्रियामा समन्वय गर्ने, मनोसामाजिक परामर्श दिने, आपतकालिन स्वास्थ्य परामर्श दिने, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग गर्ने र कोभिड–१९ बारे सचेतना दिने उद्देश्य राखेको छ ।

जनाइएअनुसार समुहले सरकारको नीति र योजनाअन्तर्गत सहयोग पुर्याउनेछ । सरकारले कोरोना नियन्त्रण र उपचारको सन्र्दमा गरिरहेको कार्यमा श्रेष्ठ मातहतको कमिटीले समन्वय तथा सहयोग गर्नेछ । साथै कन्ट्याक टे«ेसिङ्गमा परेका व्यक्तिको पिसिआर परीक्षण गर्न पनि समन्वय गर्नेछ ।

कोभिड–१९को महामारीबाट ठुलो समुदाय त्रसित बनेको छ । श्रेष्ठ मातहतको स्यंसेवी कमिटीले मनोपरामर्शलाई पनि विशेष केन्द्रीत गरेको छ । उक्त कमिटीले त्यस्ता समस्यामा परेका व्यक्ति तथा परिवारलाई परामर्श दिने काम पनि गर्नेछ ।

कोरोना महामारीको बेला विदेशमा अलपत्र परेका नागरिकलाई पनि स्वंयसेवी कमिटीले सहयोग गर्नेछ । कमिटीले अप्ठ्यारोमा परेका नागरिकलाई सम्र्पक गर्न कमिटीका सदस्यको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ ।

वि.सं.२०७७ भदौ २८ आइतवार १७:५७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...