back
CTIZAN AD

जसपाले फेरि उठायो रेमश चौधरीको मुद्दा, मधेश र थरुहट आन्दोलनका सहभागीलाई रिहा गर्न माग

वि.सं.२०७७ भदौ २८ आइतवार

993 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरीको मुद्दा फेरि उठाएको छ । जसपाले चौधरीमाथि लागेको मुद्दा फिर्ता लिन माग गरेको छ ।

आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै जसपाले चौधरीलगायतका नेता कार्यमाथि लगाइएको मुद्दा खारेजीको समेत माग गरेको हो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा आन्दोलनमा सहभागी कार्यकर्तामाथि मुद्दा लगाएर जेल हालिनु दुःखत भएको बताइएको छ ।

‘टीकापुर नरसंहारका प्रमुख दोषीकारुपमा हाल जेलमा रहेका जसपाका सांसद रेशम चौधरीसहित नेता(कार्यकर्तामाथि सरकारले लगाएका मुद्दा खारेज गरी चौधरीलाई यथाशिघ्र रिहाई गरिनुपर्दछ,’ जसपाले भनेको छ।

०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। उक्त नरसंहारको घटनामा रेशम चौधरीको मुख्य संलग्नता देखिएको ठहर गर्दै अदालतले सर्वस्वसहित जेल सजायँको फैसला गरेको थियो ।

वि.सं.२०७७ भदौ २८ आइतवार १७:३२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...