back
CTIZAN AD

नेपाल रेल्वे कम्पनीले माग्यो थुप्रै कर्मचारी, हेर्नुस् यी हुन् पदहरु

वि.सं.२०७७ भदौ २९ सोमवार

900 

shares

२९ भदौ, काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा थुप्रै कर्मचारी माग गरेको छ ।

कम्पनीले सूचना जारी गर्दै शाखा अधिकृत देखि कार्यालय सहयोगी सम्मका लागि १२९ जना कर्मचारी करारमा माग गरेको छ ।

कम्पनीका लागि आवश्यक रहेका पदहरुमा करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र निवेदन दिन सक्ने सूचनामा जनाइएको छ । इच्छुक व्यक्तिले असोज १२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेको नाममा एभरेष्ट बैंक लिमिटेडमा रहेको खाता नं ०१३००१०५२०१४५६ मा रकम जम्मा गरेको भौचर सहित कम्पनीको वेवसाइट www.nepalrailway.org को Application Link मार्फत अनलाइन दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

वि.सं.२०७७ भदौ २९ सोमवार १२:१५ मा प्रकाशित