back
CTIZAN AD

डोमिनिक थाइमले जिते अमेरिकी ओपनको उपाधि

वि.सं.२०७७ भदौ २९ सोमवार

831 

shares

२९ भदौ । अमेरिकी ओपनको यस वर्षको उपाधि अस्ट्रियाका डोमिनिक थाइमले जितेका छन् । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गरेका थिए ।

कोरोनाभाइरस महामारीका कारण विनादर्शक आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ ९६० ले पराजित गरे । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि हो ।

झण्डै चार घण्टा २ मिनेट चलेको यस प्रतियोगिताको अन्त्यतिर दुबै खेलाडी खुट्टा बाउँडिने र शिथिल देखिएका थिए ।

अस्ट्रियाका २७ वर्षीय थाइमले प्रतियोगिता सकिएपछि प्रतिक्रिया दिँदै आफूमा शरीरभन्दा पनि प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास बढेको बताए ।

सन् १९९० को दशकमा पुरुष एकलतर्फ बोरिस बेकरपछि अमेरिकी ग्रान्डस्लामको खोजीमा रहेको जर्मनीलाई पहिलो ग्रान्डस्लाम उपाधि दिलाउने धोको पूरा गर्न नपाएको जेरेभले बताए । म अहिले भर्खर २३ वर्षको भएँ, सायद यो उपाधि म अवश्य जित्नेछु, जेरेभले भने ।

प्रतियोगिता हेर्न आफ्ना बाबुआमा कोरोना संक्रमित भएकाले न्यूयोर्क आउन नपाएकामा दुःखी हुँदै जेरेभले उहाँहरु चाँडै निको हुने विश्वास व्यक्त गरे ।

वि.सं.२०७७ भदौ २९ सोमवार १२:०१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...